ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हाम्रा नेता–कार्यकर्ता मागेर खानुपर्ने ठाउँमा छैनन् -विप्लव


एबीसी न्यूज

काठमाडौं १३ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिले आफ्नो पार्टीका कोही पनि नेता कार्यकर्तालाई घरमा खाना खाने समस्या नरहेको दाबी गरेका छन् ।

आइतबार राजधानीमा आयोजित नेकपा धुवीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

नेकपाले कृषिमा आत्मनिर्भर हुन गरेको मिहेनतले यो अवस्था सिर्जना भएको उनको भनाइ थियो ।

‘नेकपाको नेता र कार्यकर्ताको घरमा खानका लागि कुनै समस्या छैन । नेता र कार्यकर्ता कम्तीमा मागेर खानुपर्ने ठाउँमा छैनौं,’ उनले भने, ‘तीन वर्षमा पार्टीलाई खानका लागि चन्दा माग्नु नपर्ने ठाउँबाट मुक्त गर्ने अठोट हो । हामीले खानका लागि कसैसँग गुहार्न पर्ने ठाउँमा छैनौं ।’

 

उनले भोलि सोमबार राजधानीकै बुढानीलकण्ठमा व्यापारिक केन्द्र खोल्न लागिएको पनि जानकारी गराए ।

‘भोलि नै हामी बुढानीलकण्ठमा सी व्यापार केन्द्र पनि खोल्दैछौं,’ उनले भने ।

उनले विदेशबाट चामल आयात गर्नुपर्ने अवस्थालाई हटाएर गरिब देशलाई सहयोग गर्ने चाहना आफूहरूको रहेको जिकिर गरे ।

‘नेपालले विदेशबाट चामल बेसाएर खाने होइन, गरिब देशलाई सहयोग गर्ने हाम्रो चाहना छ । नेपालका हरेक व्यवसायीलाई विश्वस्त पार्न चाहन्छौं, प्रतिबन्ध पनि झेल्यौं,’ विप्लवले अघि भने, ‘त्यहाँबाट उठेर हामी आएका हौं । नेपाली जनताको मन छामेका छौं । नेपालका मध्यमवर्ग, वुद्धिजीवि र व्यवसायी हाम्रा मित्र हुन् ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म

एमालेको झापामा ‘नेसनल भोलेन्टियर फोर्स’ गठन : ओलीको गृहजिल्लामा विकास गिरी कमान्डर

सम्बन्धित

सुदूरपश्चिममा नेकपाको सबै १६ क्षेत्रमा उम्मेदवार टुंगो, भीम रावलदेखि प्रेम आलेसम्म

एमालेको झापामा ‘नेसनल भोलेन्टियर फोर्स’ गठन : ओलीको गृहजिल्लामा विकास गिरी कमान्डर

रास्वपा उम्मेदवार टुंग्याउँदै : प्रमुख नेताहरूको क्षेत्र र रणनीति

प्रचण्डदेखि नारायणकाजी, रेनु देखि युवा अनुहारसम्म – कहाँ कसको उम्मेदवारी ?

महाराजगञ्जमा कांग्रेस सभापति थापा र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रिय सभामा एमालेसँग गरेको सहमति कांग्रेसले कायमै राख्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com