ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले ८० प्रतिशत नागरिकलाई जिउँदै मार्ने खालको पानी खुवाउँछ-राष्ट्रियसभा अध्यक्ष


एबीसी न्यूज

काठमाडौं २ माघ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारले बहुसंख्यक नागरिकलाई दुषित पानी खुवाउने गरेको गम्भीर आरोप लगाएका छन्।

बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारले ८० प्रतिशत जनतालाई दुषित पानी खुवाएको टिप्पणी गरे।

‘हामीले पानी त ख्वायौं तर दुषित पानी खुवाइरहेका छौँ,’ दाहालले भने, ‘यो त गम्भीर विषय भयो। बरु नखुवाउँदै ठिक हुन्छ। खानेपानी हामीले ९० प्रतिशत भन्दामाथि जनसंख्यालाई खुवायौँ भनेका छौँ। तर करिब त्यो मध्येको ८० प्रतिशत जनतालाई त दुषित पानी खुवाएका छौँ। जिउँदै मार्ने टाइपको। यो विषय कति गम्भीर छ।’

 

नागरिकमाथिको यस्तो व्यवहार सरकारले गर्नु नहुने भन्दै उनले शिक्षामा पनि विद्यार्थीलाई दिवा खाजाको प्रलोभन देखाएर भर्ना गर्ने तर शिक्षाको गुणस्तर सुधार गर्नेतर्फ अघि नबढेको टिप्पणी गरे।

‘शिक्षाको बारेमा जनतालाई ललिपप देखाएर आफूतिर आकर्षित गरेजस्तो गरेर स्कुलमा धेरै भर्ना गर्नको निम्ति खाजाको व्यवस्था गरिएको हुन्छ,’ दाहालको भनाइ छ, ‘त्यही पनि त्यसको गुणस्तर त आफ्नो ठाउँमा छ। हामी डाटा ९तथ्यांक०मा आफूलाई अब्बल देखाउनको निम्ति खाजा भन्ने वस्तु देखाउँछौँ, र भर्नातिर ल्याउँछौँ। परिमाणमा बढी ध्यान दिने तर गुणस्तरमा छैन।’

उनले कति सडक, भवन र उद्योग बने भन्ने मापन गर्नुभन्दा नेपाली जनताको जीवनस्तरमा कति प्रगति भयो भन्नेबारेमा मापन गर्न जरुरी रहेको समेत जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल प्रहरीका ४८ एसपीको सरुवा:चुनावको हटस्पट मानिएको झापामा खड्का

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

सम्बन्धित

नेपाल प्रहरीका ४८ एसपीको सरुवा:चुनावको हटस्पट मानिएको झापामा खड्का

नेपाल प्रहरीका ८ डीआईजीको सरुवा

समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस्ः राष्ट्रपति

जानकी मन्दिरको आरतीमा बालेन र अमरेश, बिहानै पुगेर गरे पूजाअर्चना

स्थानीय र प्रदेश छाडेर प्रतिनिधिसभातर्फ लर्को (सूची)

प्रगतिशील लोकतान्त्रिक पार्टीको समानुपातिक बन्दसूची सार्वजनिक, ९३ को नाम (पूर्ण सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com