ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगानी अभिवृद्धिका लागि सरकारले ल्याएका अध्यादेश स्वागतयोग्य- निजी क्षेत्र


एबीसी न्यूज

काठमाडौं २ माघ । निजी क्षेत्रका संघ–संस्थाहरूले नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्न पाउने गरी जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन्।

गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्न पाउने कानुनी प्रावधानका लागि अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेको थियो।

बुधवार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित एक कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले अध्यादेशमा भएका लगानी र व्यवसायसम्बन्धी विषय स्वागतयोग्य भएको बताउँदै सरकारलाई धन्यावाद दिएका हुन्।

हाल बजारमा आएको संकुचन हटाई अर्थतन्त्रलाई माथि उकास्न यी अध्यादेश प्रभावकारी हुने उनीहरूको विश्वास छ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले अध्यादेशमार्फत विदेशमा लगानी गर्न प्रतिवन्ध लगाएको विदेशी विनिमय नियमित गर्ने ऐनमा परिर्वतन गरेकोमा सरकारलाई धन्यावद दिए।

उनले अब नेपालबाहिर समेत व्यवसायिक क्रियाकलाप गरेर विदशबाट लगानी भित्र्याउने बाटो खुलेको बताए। उनले कालोबजारी ऐनमा भएको परिवर्तनले समेत उद्योगी व्यवसायीहरू खुशी भएको बताए।

उनले राजश्व चुहावट र राजश्व न्यायधीकरणसम्बन्धी ऐनमा धरौटीको व्यवस्था राखि मिलापत्र लगायतका विषयहरू समेटिएकोमा नीजि क्षेत्र उत्साहित भएको बताए।

अध्यक्ष ढकालले भने, ‘सरकारले अध्यादेशमार्फत विदेशमा लगानी गर्न प्रतिवन्ध लगाएको विदेशी विनिमय नियमित गर्ने ऐनमा परिवर्तन गर्दै सूचना प्रविधि उद्योगलाई विदेशमा लगानी गर्ने जुन व्यवस्था गरिएको छ यसले नेपालमा व्यवसायिक क्रियाकलाप गरेर विदशबाट पनि बेनिफिट लिनसक्ने व्यवस्था भएको छ। निजी क्षेत्रले पहिलेदेखि नै यो माग उठाइरहेको थियो। यसका लागि म सरकारलाई निजी क्षेत्रको तर्फबाट धेरै धेरे धनयवाद दिन चाहन्छु।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आर्थिक तथा व्यवसायी वातावरण एवं लगानी अभिवृद्धिका लागि सरकारले ल्याएको अध्यादेश सकारात्मक र दूरगामी महत्वको रहेको बताए। उनले उक्त अध्यादेशले मुलुकको आर्थिक वातावरणमा सुधार र लगानी अभिवृद्धि हुने विश्वास लिएको बताए।

उनले लामो समयदेखि बजारमा संकुचलन र आर्थिक गतिविधि शिथिल हुँदा सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य हासिल हुन नसकेको बताए। उनले सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको भएपनि प्रथम त्रैमासमा ३।४ प्रतिशत आर्थिक वृद्धि भएको उल्लेख गरे।

उनले आर्थिक वृद्धिदरमा सुधार नहुनुमा नीतिगत समस्या रहेकोमा अब सुधारको प्रयास अगाडि बढ्ने विश्वस व्यक्त गरे।

 

उनले भने, ‘अहिले सरकारले ल्याएको आर्थिक तथा व्यवसायी वातावरण एवं लगानी अभिवृद्धिका लागि सरकारले ल्याएको यो अध्यादेश एकदमै सकारात्मक र दूरगामी महत्वको रहेको हामीले महशुस गरेका छौं। सार्वजनिक सेवा सुधार तथा आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि गर्न अध्यादेश आएको छ। यसले मुलुकको आर्थिक वातावरणमास सुधार र लगानी अभिवृद्धि हुने विश्वास हामी सबै उद्यमी व्यवसायीहरूले गरेका छौं।’

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बजारको मागमा आएको उच्च संकुचन तथा व्यवसायीहरूको खस्कँदो मनोबल लगायतका कारणले लगानी बढ्न नसकिरहेको अवस्थामा कानूनहरूमा गरिएको सुधारले लगानीकर्तामा सकारात्कक सन्देश बताए।

उनले कानूनहरमा भएको परिवर्तनले उद्योगी व्यवसायीहरूमा नयाँ रक्त सञ्चार हुने विश्वास व्यक्त गर्नुभयो। मुलुकको आर्थिक समृद्धिका लागि प्रधानमन्त्रीले देखाएको दृढ इच्छाशक्तिको स्वागत गरे।

उनले ध्यादेशका व्यवस्थाका कारण लगानीमैत्री वातावरण सृजना हुँदा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुन योगदान मिल्ने बताए।

उनले भने, ‘हाल बजारको मागमा आएको उच्च संकुचन तथा व्यवसायीहरूको खस्कँदो मनोबल लगायतका कारणले लगानी बढ्न नसकिरहेको अवस्थामा कानूनहरूमा गरिएको सुधारले लगानीकर्तामा सकारात्कक सन्देश गएको हाम्रो विश्वास छ। अहिले कानूनहरूमा द्रुत गतिमा जुन परिवर्तन भएको छ यसबाट नीजि क्षेत्रमा नयाँ रक्तसञ्चार हुने विश्वास हामीले लिएका छौं।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल प्रहरीका ४८ एसपीको सरुवा:चुनावको हटस्पट मानिएको झापामा खड्का

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

सम्बन्धित

नेपाल प्रहरीका ४८ एसपीको सरुवा:चुनावको हटस्पट मानिएको झापामा खड्का

नेपाल प्रहरीका ८ डीआईजीको सरुवा

समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस्ः राष्ट्रपति

जानकी मन्दिरको आरतीमा बालेन र अमरेश, बिहानै पुगेर गरे पूजाअर्चना

स्थानीय र प्रदेश छाडेर प्रतिनिधिसभातर्फ लर्को (सूची)

प्रगतिशील लोकतान्त्रिक पार्टीको समानुपातिक बन्दसूची सार्वजनिक, ९३ को नाम (पूर्ण सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com