ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बहस लम्बिँदै गएपछि रविले आफ्नै वकिललाई भने- छोटो बोल्नूस्


एबीसी न्यूज

काठमाडौं २ माघ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका अभियुक्त एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ।
आज बिहानैदेखि रविका पक्षबाट कानुन व्यवसायीहरूले बहस गरिरहेका छन्।

उनका पक्षबाट अहिलेसम्म वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ताद्वय सुशील पन्त र रमनकुमार श्रेष्ठले बहस गरेका छन्। अब सुरज बस्नेतलगायत केही कानुन व्यवसायीको बहस बाँकी नै छ।

बहस लम्बिँदै गएपछि रविले आफ्ना कानुन व्यवसायीलाई कम बोल्न आग्रह गरेका छन्।

उनले कानुन व्यवसायीलाई भने, ‘अब बोल्ने काम एकदम कम गरौँ, एकदम छोटो।’

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए। त्यस दिन न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनीसँग बयान लिइएको थियो। थुनछेक बहस हुन सक्दा उनलाई प्रहरीको जिम्मा लगाइएको थियो। त्यसको अर्को दिन सरकारी वकिल र जाहेरवालाका तर्फबाट मात्र बहस सकिएको थियो। बहस लम्बिँदै जाँदा उनको हिरासत बसाइँ लम्बिँदै गएको छ।

रविका कानुन व्यवसायीको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन्। त्यसपछि न्यायाधीशले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भनेरआदेश गर्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल प्रहरीका ४८ एसपीको सरुवा:चुनावको हटस्पट मानिएको झापामा खड्का

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

सम्बन्धित

नेपाल प्रहरीका ४८ एसपीको सरुवा:चुनावको हटस्पट मानिएको झापामा खड्का

नेपाल प्रहरीका ८ डीआईजीको सरुवा

समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस्ः राष्ट्रपति

जानकी मन्दिरको आरतीमा बालेन र अमरेश, बिहानै पुगेर गरे पूजाअर्चना

स्थानीय र प्रदेश छाडेर प्रतिनिधिसभातर्फ लर्को (सूची)

प्रगतिशील लोकतान्त्रिक पार्टीको समानुपातिक बन्दसूची सार्वजनिक, ९३ को नाम (पूर्ण सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com