ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँका साँघुरा गल्लीमा आगलागी नियन्त्रणका लागि ‘ड्राइराइजर’ जडान


एबीसी न्यूज

काठमाडौं २ माघ । काठमाडौँ महानगरपालिका क्षेत्रका दमकल जान नसक्ने साँघुरा गल्लीमा आगलागी हुँदा तुरुन्तै पानी प्राप्त गर्ने प्रणाली ‘ड्राइराइजर’ जडान गरिएको छ।

काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा यस्तो प्रणाली जडान गरेको हो।

आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सक्ने गरी राखिएको सुख्खा पाइप लाइन नै ‘ड्राइराइजर’ हो।

ड्राइराइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ। यदि साँघुरा गल्लीमा आगलागीका घटना भए यी पाइपलाइनबाट तुरुन्तै सम्बन्धित ठाउँमा पानी पुर्याएर आगलागी निभाउन सकिने महानगरले जनाएको छ।

महानगरको विपद् व्यवस्थापन विभागले सम्बन्धित वडा कार्यालयहरुसँग मिलेर ड्राइराइजर जडान गरेको हो।

दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा हुने आगलागनी नियन्त्रणमा यसले सहयोग पुग्ने महानगरको विपद् व्यवस्थापन विभागले जनाएको छ।

ड्राइराइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ। यसपछिका ४५ मिटरदेखि ७५ मिटरसम्मको दुरीमा आउटलेट राखिन्छ। दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनकाबीचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ। यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गरिने महानगरले जनाएको छ ।

दमकलबाट ८ बारको प्रेसरमा पानी पठाउँदा साततलेसम्म अग्लो भवनमासमेत आगो निभाउन सकिने महानगरले जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल प्रहरीका ४८ एसपीको सरुवा:चुनावको हटस्पट मानिएको झापामा खड्का

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

सम्बन्धित

नेपाल प्रहरीका ४८ एसपीको सरुवा:चुनावको हटस्पट मानिएको झापामा खड्का

नेपाल प्रहरीका ८ डीआईजीको सरुवा

समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस्ः राष्ट्रपति

जानकी मन्दिरको आरतीमा बालेन र अमरेश, बिहानै पुगेर गरे पूजाअर्चना

स्थानीय र प्रदेश छाडेर प्रतिनिधिसभातर्फ लर्को (सूची)

प्रगतिशील लोकतान्त्रिक पार्टीको समानुपातिक बन्दसूची सार्वजनिक, ९३ को नाम (पूर्ण सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com