ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापामा बस दुर्घटना हुँदा ११ जना घाइते, चालक पक्राउ


एबीसी न्यूज

काठमाडौं २ माघ । झापामा आज बिहान बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।   पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका(१ धरमपुरमा बुधबार बिहान काँकडभिट्टाबाट धरानतर्फ आउँदै गरेको मे १ ख २५४५ नम्बरको ‘नागरिक’ बस दुर्घटनामा परेको हो।

बस आफैँ अनियन्त्रित भएर सडकबाट तल खसेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रहरीका अनुसार घाइतेको टाउको, ढाड र हातमा चोट लागेको छ। घाइतेलाई तत्काल उपचारको लागि बिर्तामोडमा रहेको बीएण्डसी अस्पताल लगिएको छ।
दुर्घटनामा घाइते हुनेमा विराटनगर महानगरपालिका( ३ का गुणा कोइराला, दीपा निरौला, म्यारी निरौला, निर्मला निरौला, विराटनगर( ४ का शर्मिला कोइराला, झिलझिलेका टंक सिवाकोटी, विराटनगरकै आन्सा फ्यादेन, सुमना लिम्बु, बिर्तामोडका पुष्पलाल अधिकारी, चन्द्रकला अधिकारी र झापाको कमल गाउँपालिकाका शान्तिराम खतिवडा रहेका छन्।

घाइतेमध्ये केहीलाई बढी चोट लागेको प्रहरीले जनाएको छ। तर, सबै घाइते खतरामुक्त छन्।

दुर्घटनापछि बसका चालक झापाको मेचीनगर नगरपालिका(१० धुलाबारीका ५४ वर्षीय टीका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय झिलझिलेबाट करिब २ किलोमिटर पश्चिम पर्छ। तीव्र गतिको कारण बस अनियन्त्रित भएर पल्टिएको अनुमान गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल प्रहरीका ४८ एसपीको सरुवा:चुनावको हटस्पट मानिएको झापामा खड्का

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

सम्बन्धित

नेपाल प्रहरीका ४८ एसपीको सरुवा:चुनावको हटस्पट मानिएको झापामा खड्का

नेपाल प्रहरीका ८ डीआईजीको सरुवा

समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस्ः राष्ट्रपति

जानकी मन्दिरको आरतीमा बालेन र अमरेश, बिहानै पुगेर गरे पूजाअर्चना

स्थानीय र प्रदेश छाडेर प्रतिनिधिसभातर्फ लर्को (सूची)

प्रगतिशील लोकतान्त्रिक पार्टीको समानुपातिक बन्दसूची सार्वजनिक, ९३ को नाम (पूर्ण सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com