ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेको थुनछेक बहस आज


एबीसी न्यूज

काठमाडौं २९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका विषयमा जिल्ला अदालत काठमाडौँमा आज थुनछेक बहस हुँदै छ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको प्रतिवाद गर्न लामिछाने आइतबार बिहानै जिल्ला अदालत पुगेका थिए।  त्यही दिन दिउँसो न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान सकिएको थियो।

तर समय अभाव भन्दै न्यायाधीश अधिकारीले उनलाई न्यायिक हिरासतमा पठाउन आदेश दिए।  रविले घर पठाइदिन बिन्ती गरेपछि आधा घण्टा इजलासमा चलेको सवालजवाफ

हाल लामिछाने जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्।

अब आज थुनछेक बहस हुने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी अमरबहादुर चन्दले जानकारी दिए।

‘प्रक्रया हिजैबाट सुरु भइसकेको छ, अब आजदेखि थुनछेक बहस सुरु हुन्छ’, सोमबार बिहान उनले भने, ‘सुरुमा नेपाल सरकार ९सरकारी वकिल० का तर्फबाट बहस हुन्छ।’

बहस सकिएपछि लामिछानेलाई थुनामा पठाउने वा साधारण तारेख अथवा धरौटीमा रिहा गर्ने भन्ने आदेश अदालतबाट आउनेछ।

‘अब बहस कति लामो वा छोटो हुन्छ, त्यस आधारमा आदेश कहिले आउँछ भन्ने सकिन्छ सूचना अधिकारी चन्दले भने, ‘बहस आजै सकिन्छ वा सकिँदैन, अहिले भन्न सकिन्न।’

पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटी बुझाएर पुस २५ गते थुनामुक्त भएपछि २६ गते साँझ काठमाडौँ आइपुगेका रवि आइतबार अदालतमा आफैँ उपस्थित भएका हुन्।

रविविरुद्ध काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बहस गर्ने तयारी छ भने रविका पक्षबाट पूर्वन्यायाधिवक्ताद्वय रमन श्रेष्ठ र सुशील पन्तले बहस गर्नेछन्।

स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

लामिछानेविरुद्ध ५ करोड ८ लाख बिगो दाबी गर्दै सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ। स्वर्णलक्ष्मी ठगी प्रकरणका दुई अभियुक्त भने यसअघि नै धरौटीमा छुटिसकेका छन्।

मुख्य अभियुक्तमध्येका जीबी राई फरार छन् भने अर्का अभियुक्त कुमार रम्तेल कास्की कारागारमा छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार, को कहाँबाट ? (सूचीसहित)

निर्वाचन आयोगमाथि प्रश्न उठ्न थाल्यो, शान्ति सुरक्षा अझै कायम हुन सकेको छैनः ओली

सम्बन्धित

नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार, को कहाँबाट ? (सूचीसहित)

निर्वाचन आयोगमाथि प्रश्न उठ्न थाल्यो, शान्ति सुरक्षा अझै कायम हुन सकेको छैनः ओली

झापा पुगे ओली

ओली–बालेन झापा जाँदै, प्रचण्ड रुकुम पूर्व, माधव नेपाल रौतहट

एमालेको अछाम–१ मा उम्मेदवार फेरबदल,झपट बोहराको टिकट खोसियो

सुदूरपश्चिमका १६ नेकपा उम्मेदवार टुंगो, कुन समूहका कति ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com