ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हवाई दुर्घटना : आयोग बन्छ, प्रतिवेदन कार्यान्वयन हुँदैन


admin

काठमाडौँ, २९ फागुन । नेपालमा हवाई दुर्घटनापछि गठन गरिएका छानबिन समितिले दिएका प्रतिवेदन कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिने गरेको पाइएको छ ।

सरकारले हवाई दुर्घटनालगत्तै अनुसन्धानका लागि पटक÷पटक उच्चस्तरीय छानबिन समिति बनाउने, प्रतिवेदन तयार पार्ने र कार्यान्वयनका लागि सिफारिश गर्ने गरेको छ । तर प्रतिवेदन कार्यान्वयन गर्ने तर्फ ध्यान दिन नसक्दा समस्या दोहोरिने गरेको छ । नेपालभित्रै भएका ठूला हवाई दुर्घटनामध्ये युएस बंगला एयरको विमान दुर्घटना आठौँ ठूलो हो ।

कतिपय हवाई दुर्घटना मानवीय र प्राविधिक कारणले हुने गरेको छ । त्यसमा विमानको प्राविधिक पक्षले पनि काम गर्दछ । तर, हवाई सुरक्षाको विषयलाई प्रत्येक मुलुकले उच्च प्राथमिकतामा राख्ने गरेका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन(आइकाओ)ले पनि हवाई सुरक्षाका विषयमा विशेष ध्यान दिँदै दुर्घटनाको जोखिम कम गर्न सहजीकरण गर्न गर्दैआएको छ । समस्या न्यून हुनुको साटो बढ्दै गएको छ । समस्या लगातार बढ्दै गएका कारण कुनै न कुनै रुपमा समाधानको दीर्घकालीन प्रयत्न जरुरी रहेको आवश्यकता समेत महसुस भएको छ ।

युएस बंगला विमानको दुर्घटनापछि हवाई सुरक्षाका विषयमासमेत चासो र चिन्ता बढेको छ । विभिन्न खालका आशंका र अनुमान पनि आएका छन् । तर सरकारले उच्चस्तरीय आयोग गठन गरिसकेको सन्दर्भमा आयोगको प्रतिवेदन नआई यसै भन्न नसकिने विज्ञ तथा जानकारहरुको भनाइ छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्व महानिर्देशक राजेशराज दली विगतमा भएका दुर्घटना जाँचबुझ आयोगले सिफारिश गरेको प्रतिवेदन कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “दुर्घटना जाँचबुझ आयोगको सिफारिश अक्षरशः कार्यान्वयन गर्नेतर्फ तदारुकता देखाउनु जरुरी हुन्छ । तर किन त्यस्ता प्रतिवेदन कार्यान्वयन भएनन् भन्नेतर्फ कसैको ध्यान गएको पाइँदैन ।”

सोमबारको दुर्घटनाले हवाई सुरक्षाको पाटोमा समेत असर पर्नसक्ने देखिएको छ । पूर्व महानिर्देशक दलीका विचारमा हाम्रो आकाशको अवस्था, विमानको प्राविधिक अवस्था तथा एयर ट्राफिक कन्ट्रोलमा खटिने कर्मचारीको अवस्थाका बारेमा समेत अध्ययन हुनुपर्दछ ।

हवाई दुर्घटनालाई नजिकबाट नियाल्ने हो भने विमानस्थलमै भएको यो पहिलो ठूलो दुर्घटना हो । यसअघि दुईवर्ष पहिले टर्किस एयरको विमान दुर्घटनामा परेको थियो । तर सो दुर्घटनामा वायुयानमा क्षति पुगे पनि मानवीय क्षति भने भएको थिएन । दुर्घटनामा परेको टर्किस एयरको जहाज प्रयोग गरेर क्याप्टेन वेद उप्रेतीले हवाई संग्रहालय बनाउनुभएको छ ।

यस्तो छ अन्तर्राष्ट्रिय विमान कम्पनीको दुर्घटना 

नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो । सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका थिए । यस्तै, सन् १९५६ र १९५८ भारतीय एयरलाइन्सका दुई विमान दुर्घटना भएका थिए । ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो ।
यस्तै, १९९२ मा थाई एयरको विमान दुर्घटना हुँदा ११३ जनाको ज्यान गएको थियो । सन् १९९२ मै पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनामा प¥यो र १५७ जनाले ज्यान गुमाएका थिए ।

सन् १९९० मा लुफ्थान्सा एयरको विमान दुर्घटनामा प¥यो र पाँच जनाले ज्यान गुमाएका थिए । सन् २०१४ मा अवतरणको क्रममा टर्किस एयरको विमान दुर्घटनामा मानवीय क्षति भएन ।

पटक÷पटक दोहारिएका यस्ता हवाई दुर्घटनाको खास कारण खोजेर आगामी दिनमा समस्या आउन नदिन सम्बद्ध पक्षले विशेष ध्यान दिनु आवश्यक छ । सरकारले पछिल्लो दुर्घटना छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । आयोगका सदस्यमा प्रमुख सेनानी डा राजीवदेव तथा क्याप्टेन त्रय केके शर्मा, सुनील प्रधान र उद्धवप्रसाद सुवेदी र सदस्य सचिवमा सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धर सोमबारको दुर्घटनालाई गम्भीर दुर्घटनाका रुपमा टिप्पणी गर्नुहुन्छ । उहाँले भन्नुभयो – “ठूलो एवं गम्भीर दुर्घटना भयो । के कति कारणले जहाज दुर्घटनामा परेको हो, त्यसको छानबिनपछि मात्रै थाहा होला तर, जे जस्तो कारणले भएको भए पनि यो भयानक दुर्घटना हो ।”

दुर्घटनाका कारण पत्ता लाग्दैनन् 

विमानस्थलमै ठूलो मानवीय क्षतिसहितको दुर्घटना भएका कारण अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण हुनु स्वाभाविक नै हो । नेपालको हवाई दुर्घटनाको इतिहासलाई हेर्ने हो भने हालसम्म छ दर्जन विमान दुर्घटनामा परेका छन् । सन् १९९१ जुन ९ मा नेपाल वायुसेवा निगमको जहाज दुर्घटनामा परेको थियो ।

काठमाडौँबाट लुक्लाका लागि उडानमा रहेको सो विमान दुर्घटनामा पर्दा चालक दलका तीन सदस्यसहित १४ जनाको निधन भएको थियो । नेपालमा पहिलो हवाई दुर्घटना १९७३ अक्टोबर ६ मा भएको बताइन्छ । सोही आधारमा हेर्ने हो भने हालसम्म नेपालमा ७२ हवाई दुर्घटना भएका छन् ।
हवाई दुर्घटना न्यूनीकरणका लागि भन्दै पटक÷पटक छानबिन समितिसमेत गठन गरिए । प्रतिवेदन तयार पारिए तर कार्यान्वयन भने हुन नसक्दा पटकपटक उस्तै दुर्घटना दोहोरिने गरेको छ ।

प्राधिकरण गम्भीर 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रकुमार श्रेष्ठले सोमबारको विमान दुर्घटनाले प्राधिकरणलाई थप गम्भीर र संवेदनशील बनाएको बताउनुभयो । उहाँले के कति कारणले विमान दुर्घटना परेको हो भन्नेबारेमा भने आयोगको प्रतिवेदन नआएसम्म आफूहरुले केही बताउन नसक्ने उल्लेख गर्नुभयो । एकल धावनमार्गका कारण हवाई ट्राफिक बढेको सन्दर्भमा निर्माणाधीन विमानस्थलको छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गर्नुपर्ने आवश्यकता बढेर गएको छ ।

नेपालमै थप विमानस्थल नभएका कारण कुनै दुर्घटना हुने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउन नसक्दा धेरै उडान अन्यत्र फर्काउनु परिरहेको छ । सोमबार पनि एक दर्जन बढी उडान लखनऊ र कोलकातातर्फ फर्काउनु परेको थियो भने केही उडानलाई आकाशमै ‘होल्ड’ गर्नुपरेको थियो ।

दुर्घटनामा परेका विमान बंगलादेशको निजी सेवा प्रदायक संस्था युएस बंगला समूहले सञ्चालन गरेको वायुयान हो । सो वायुसेवा प्रदायकले सन् २०१६ देखि अन्तर्राष्ट्रिय उडान शुरु गरेको हो । सातामा चार दिन काठमाडौँमा उडान गर्ने सो वायुसेवा कम्पनी बंगलादेशको प्रतिष्ठित वायुसेवा प्रदायकमा गनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com