ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि र छविसहित हिरासतमा रहेका सातै जनालाई धरौटीमा रिहा गर्न आदेश


एबीसी न्यूज

काठमाडौं २५ पुस । सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका सातै जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत कास्कीले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सातै जनासँग धरौटी माग गर्ने आदेश दिएको हो।

अब अदालतले माग गरेको धरौटी बुझाएमा रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी बाहेक रिहा हुनेछन्। उनीहरुलाई भने अन्य चार जिल्लामा पनि सहकारी ठगीकै मुद्दा रहेकाले तत्तकाल रिहा गरिनेछैन।

रवि लामिछानेसँग अदालतले ६५ लाख धरौटी माग गरेको छ। उनलाई भन्दा बढी पूर्व डीआईजी छविलाल बन्जाडे जोशीलाई ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ।

लिला पछाईलाई ३७ लाख, पूर्व प्रहरी रामबहादुर खनाललाई १५ लाख, पूर्वसांसद मीना गुरुङलाई ५ लाख, मीनाका बुबा कृष्णबहादुर गुरुङलाई एक लाख र आरती गुरुङलाई ५ लाख धरौटी माग गरिएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा पुस ८ गतेदेखि थुनछेकको प्रक्रिया अगाडी बढेको हो।

छविलाई प्रहरीले असोज ६ गते पक्राउ गरेको थियो। लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए। उनीहरु दुवै जनालाई काठमाडौँबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्की लगिएको थियो।

छविलाई पक्राउ गरेपछि कास्की प्रहरीले अन्य प्रतिवादीहरुलाई पनि पक्राउ गरेको हो। तर प्रतिवादी बनाइएका मध्ये अधिकांश फरार छन्।

आदेशका क्रममा सातै जना प्रतिवादीहरुलाई अदालतमा उपस्थित गराइएको थियो। उनीहरूको पुस १६ गतेदेखि थुनछेक बहस सुरु भएको थियो। पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा पनि मुद्दा चलाइएको छ। लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि मुद्दा चलाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

सम्बन्धित

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

कांग्रेसको कोशी प्रदेश उम्मेदवार सूची: १३ मध्ये १२ नयाँ अनुहार, रामहरि मात्र अनुभवी

पार्क भिलेजमा कांग्रेस टिकटको रस्साकसी: आरजुको सट्टा मनुलाई मौका

कांग्रेस विवादः देउवा पक्षको ‘यू–टर्न’ मुद्दा फिर्ता लिन सहमत

नेकपाबाट समाजवादी पक्षका कतिले पाए टिकट ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com