ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीको पक्षमा जनलहर देखियो – बराल


एबीसी न्यूज

देवदहं, २१ पुस । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले माओवादीको पक्षमा जनलहर देखिएको बताका छन् । माओवादी केन्द्र देवदह नगर कमिटीको चौथो नगर अधिवेशनमा बोल्दै नेता बरालले माओवादी २०६४ कै रहेको दाबी गरेका हुन् । पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा जनपक्षीय काम गरेका कारण माओवादीको पक्षमा जनमत वढेको नतिजा उपनिर्वाचनले देखाएको बताए । माओवादी सकियो भन्नेहरू माओवादीसंग डराएर गठवन्धन गर्दै हिड्ने अवस्था बनेको उल्लेख गर्दै भष्ट्रचार र वेथिती विरूद्ध उभिन नेता कार्यकर्तालाई निर्देशन दिए ।

उनले वर्तमान सरकारको काम प्रति काँग्रेस एमालेकै कार्यकर्ता खुसी नभएका कारण सरकार रक्षात्मक अवस्थामा पुगेको बताए । एमाले भित्रै प्रधानमन्त्री ओलीको विकल्पको खोजी हुन थालेपछि भिम रावल लगायत नेताहरूलाई कार्वाही गरिएको बताए । माओवादीमा पछिल्लो समय पद लिने तर काम नगर्ने प्रवृती देखिएको बताउँदै नेता बरालले पार्टीलाई समय दिन सक्ने नेतृत्व चयन आग्रह गरे । उनले हिजोको योगदानलाई सम्मान गर्दै वर्तमान काम गर्न सक्नेलाई पार्टीको दिनु पर्नेमा जोड दिए । कार्यक्रममा केन्द्रिय सदस्य मक्सुद अली, जिल्ला संयोजक निर्मल जिसी, जिल्ला सचिव सन्त बहादुर यादव, नगर ईन्चार्ज कल्पना सुवेदी लगाएत आ आफ्नो भनाई राखेका थिए । उक्त कार्यक्रम नगर कमिटीका अध्यक्ष गोबिन्द ठट्राईको अध्यक्षता, उपाध्यक्ष केशर बहादुर पुनको स्वागत र सचिव प्रशान्त गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राप्रपाले टिकट दिएका १४६ जना को को हुन् (सूची)

पाल्पा २ मा अन्तिम ट्विस्ट : ठाकुर गैरेले नै पाए टिकट, राउतको फिर्ता

सम्बन्धित

राप्रपाले टिकट दिएका १४६ जना को को हुन् (सूची)

पाल्पा २ मा अन्तिम ट्विस्ट : ठाकुर गैरेले नै पाए टिकट, राउतको फिर्ता

मधेश प्रदेशका अधिकांश भू-भागमा हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर

आज देशभर उम्मेदवारी दर्ता: चार पूर्वप्रधानमन्त्री चार फरक प्रदेशबाट उमेद्वार, देउवा आउट

“घण्टी छैन, बालेन मात्र छ – जनकपुर सभाको रहस्य” (फोटोफिचरसहित)

कांग्रेसले १ सय ४० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com