ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिमी कार्टर सम्भवतः सबैभन्दा नैतिक अमेरिकी राष्ट्रपतिहरूमध्ये एक


ABC News

सादा जीवन बिताउने मूँगफली किसान, जो ह्वाइट हाउससम्म पुगे, उनको १०० वर्षको उमेरमा डिसेम्बर २९मा निधन भयो।

अमेरिकीहरू, धेरै पटक अनिश्चित र कहिलेकाहीँ पछुतोका साथ, दुई फरक जिमी कार्टरको सामना गरिरहेका जस्तो लाग्थ्यो।
एउटा जिमी कार्टर ती थिए, जसले राष्ट्रपति पद, मुश्किलले जितिका थिए र तेहरान बन्धक संकटको अपमानको बीचमा त्यागिएको, कमजोरी र सरलतामा आधारित निबन्धजस्तो देखिन्थ्यो।

A black and white photo of a boy and girl standing beside each other near some bushes outside a house.
Jimmy, 6, and his sister Gloria, 4, in Plains in 1931. The family was not wealthy but “well off,” as Southerners put it.Credit…Associated Press

ती त्यही कार्यकारी प्रमुख थिए, जसले एकपटक न्यानो कार्डिगन लगाएर, घटिरहेको आगोको छेउमा बसेर देशलाई सम्बोधन गरे; जसले १९७९ मा ऊर्जा संकटको चरम अवस्थामा, जब अमेरिकीहरू पेट्रोलका लागि लामे लाइनमा दुःखपूर्वक उभिएका थिए, उनीहरूको निराशालाई नरम रूपमा आलोचना गरे; जसले शीतयुद्धको चरम अवस्थामा, ज्वरो घटाउन निर्वासित आणविक भौतिक वैज्ञानिक आन्द्रेइ सखारोभलाई व्यक्तिगत चिठी लेखेर सुमधुर सम्बन्ध स्थापित गर्न प्रयास गरे; र जसको बन्धक उद्धार प्रयास एक हेलिकप्टर मरुभूमिमा दुर्घटनाग्रस्त भएपछि असफल भयो।

Mr. Carter relaxing at his desk at his home in July 1976. He wears a short-sleeve shirt and denim pants and leans back in his chair with one leg propped on the desk.
Mr. Carter at his Georgia home in July 1976 while working on the acceptance speech he would give at the Democratic National Convention.Credit…D.L. Gorton/The New York Times

यी त्यही व्यक्ति पनि थिए, जसलाई माछा मार्दै गर्दा “हत्या गर्ने खरायो” भनिने जनावरले आक्रमण गरेको भनियो; जो दौडमा निस्कँदा गर्मीले प्रभावित भए; र जसले प्लेबोय पत्रिकालाई “मैले अक्सर मेरो मनमा व्यभिचार गरेको छु” भनेर स्वीकार गरे, त्यहीकारण अमेरिकी तटका धेरै आलोचकहरूको व्यंग्यात्मक प्रतिक्रिया निम्त्यायो।
बिल क्लिन्टनजस्तै, जिमी कार्टर पनि पूर्णतया दक्षिणी थिए, जर्जियाको प्लेन्स वरपरका जंगल र दलदलहरूमा हुर्किएका।
तर, मिस्टर क्लिन्टनभन्दा फरक रूपमा, उनी बौद्धिक थिएनन्। उनी मूँगफली किसान थिए र जर्जियाको एक–अवधिको गभर्नर, जसको प्रशिक्षण विश्वविद्यालयमा नभएर, नौसेनामा भएको थियो।

 

A black-and-white military portrait of Mr. Carter looking stern with his hair swept back.
Mr. Carter when he was in the Naval Academy. On the portrait he wrote a note to his wife-to-be, Rosalynn Smith.Credit…Associated Press

१९७६ मा, भीडभाडयुक्त डेमोक्र्याटिक प्राइमरी चुनावमा, उनको ग्रामीण सादगीपन, उनी बोलेको ठेट भाषा र चम्किलो हाँसोले उनलाई अलग बनायो, जस्तै उनको अचम्मलाग्दो महत्वाकांक्षाले । तर, कार्टरमेनियाले ह्वाइटहाउससम्मको उनको उद्घाटन यात्रा भने लामो समयसम्म टिक्न सकेन।

उनका समर्थकहरूको नजरमा उनी विश्वासपूर्ण र प्रगतिशील नयाँ दक्षिणका प्रतीक थिए, जसले अन्ततः रंगभेदबाट उन्मुक्ति पाउँदै थियो। तर, आलोचकहरूको नजरमा उनी थुप्रो परालसहितको एक ग्रामीण व्यक्तित्व मात्र थिए, जो चाँडै नै वाशिंगटन र संसारको दलदलमा फस्ने थिए।
उनीसँगै आएको “जर्जिया माफिया” पनि अनुभवहीन टोली थियो, जसको उदाहरण उनका मोटा, लोभी बजेट निर्देशक बर्ट ल्यान्स; उनका साधारण, गाउँले प्रमुख स्टाफ, ह्यामिल्टन जोर्डन; र उनका कान्छा भाइ बिली थिए। बिलीले जिमीको उच्च सम्बन्धको फाइदा उठाएर बियरको ब्रान्ड प्रवद्र्धन गरे र आफ्नो सर्विस स्टेसनबाट राष्ट्रपतिलाई समस्या खडा गर्ने खालका चतुराईपूर्ण अभिव्यक्तिहरु दिइरहे ।
तर, जिमी कार्टरले पद छोड्नासाथ, उनी पूर्ण रूपमा भिन्न देखिन थालेः प्रभावकारी र प्रभावशाली।
उनी ह्याबिट्याट फर ह्युम्यानिटी नामक च्यारिटीमा संलग्न भए, जसले गरिबहरूका लागि घर बनाउँछ। उनी आफैंले हातौडाहरू र काँटी प्रयोग गरेर घरका छाना बनाउने काममा लागे।
१९८२ मा स्थापना गरिएको आफ्नो कार्टर सेन्टरमार्फत उनी शान्ति र लोकतन्त्रका लागि अथक अधिवक्ता बने। उनले विश्वभर यात्रा गरेर निर्वाचन अनुगमन गरे, युद्ध अन्त्य गराए र मानव अधिकारको प्रवद्र्धन गरे।Mr. Carter, in a blue shirt and bluejeans, stands in a garden setting with a wooded area in the background. He is smiling broadly as he looks at the camera.

छिट्टै नै, उनी अमेरिकाको विवेक र नैतिक राजदूत बने। जब उनले आफ्ना उत्तराधिकारीहरूसँग असहमति जनाए—जस्तै जर्ज डब्ल्यु बुशसँग इराकको मुद्दामा—उनले यसबारे स्पष्ट रूपमा बोले ।
२००२ मा उनले नोबेल शान्ति पुरस्कार जिते, जुन सम्मान र स्थान उनले आफ्नो संक्षिप्त, चुनौतीपूर्ण राष्ट्रपतिकालमा कहिल्यै पाएका थिएनन्।
तर, यी सबै एउटै व्यक्ति थिए। जिमी कार्टरको कुनै दोहोरो चेहरा थिएन, न त उनले कहिल्यै झूटो आवरण ओढे।
उनको वैदेशिक नीतिका महत्वपूर्ण उपलब्धिहरू—१९७८ मा इजिप्ट र इजरायलबीचको क्याम्प डेविड सम्झौता, सोभियत संघसँगको साल्ट द्वितिय निरस्त्रीकरण सन्धि, र पानामा नहरलाई पानामालाई फिर्ता दिने निर्णय, जुन धेरैले त्यतिबेला गम्भीर आलोचना गरेका थिए—उनको शान्तिप्रतिको स्वच्छ उद्देश्यका यी उम्दा उदाहरण थिए। राष्ट्रपति भएपछि, उनको लगभग पहिलो काम अमेरिकाको सबैभन्दा गहिरो फाटोमध्ये एउटा निको पार्ने प्रयासस्वरूप भियतनामको मस्यौदा छल्नेहरूलाई आममाफी दिनु थियो।Mr. Carter speaking at a podium with a group of people, including family members, standing next to him looking solemn.

 

उनी मानिसको समानता र भाइचारा माथि दृढ विश्वास गर्थे। जिम क्रो युगमा, उनले आफूसँगै बसोबास गर्ने अश्वेत किसानका बालबालिकासँग खेल्न कहिल्यै हिचकिचाहट मानेनन् । जर्जियाको गभर्नरका रूपमा उनले अश्वेत उम्मेदवारलाई न्यायाधीशमा नियुक्त गर्न र राज्य क्यापिटलमा अश्वेत व्यक्तिका तस्बिर राख्नेमा विशेष ध्यान दिए। त्यस्तै, टेढा–मेढा वैदेशिक नेताहरूलाई पनि उनले ट्रुम्यान बालकनीमा कुर्सीमा बसालेर नातिनातिनाहरूको बारेमा कुरा गर्न निम्तो दिने गर्थे।

तर, कांग्रेससँग काम गर्न भने उनलाई कठिन भयो । उनलाई राजनीतिक सम्बन्ध बनाउन र सहयोग आदानप्रदान गर्ने कला बुझ्न कठिन भयो, र उनले पोर्क–व्यवस्था खर्चको आलोचना गरेर क्यापिटल हिललाई आहत गरे। यसको परिणामस्वरूप, १९७७ मा ऊर्जा संकट समाधानका लागि ऊर्जा विभाग स्थापना गर्न सफल भए पनि, ऊर्जा–सुधार विधेयक वा पेट्रोल राशनिङ पास गराउन उनी संघर्षरत रहे।

आर्थिक मामिलामा, जहाँ ठहराव र बेरोजगारीसँगै तेलको मूल्य आकाशिएको थियो, उनी दानशीलता र मितव्ययिताबीचको अलमलमा देखिन्थे। न त कुनै उपाय प्रभावकारी रह्यो। जब मुद्रास्फीति दोहोरो अंकमा पुग्यो, उनले मूल्य नियन्त्रण लागू गरे; पछि उनले क्रेडिट नियन्त्रण र मितव्ययिता अपनाए, जसले अमेरिकालाई मन्दीमा धकेल्यो। गरिबी र असफल फसलहरूको सामना गरेका व्यक्तिका रूपमा, उनको सरल लक्ष्य आवश्यकता पर्नेहरूलाई मद्दत गर्नु थियो। तर, आफ्नो कार्यकालमा उनले यसका लागि कुनै स्थायी रणनीति फेला पार्न सकेनन्।A black and white photo of Mr. Carter and his wife and young daughter, in winter coats, walking along Pennsylvania Avenue as they wave to onlookers. They are followed by an entourage and limousines.

 

वाशिंगटनको भव्य जीवनशैलीका बीच पनि, उनले आफ्नो काठको काम गर्ने र शान्त माछा मार्ने बानीलाई कायम राखे। आफ्नै हातले सामान बनाउन र गहिरो आत्म–चिन्तन गर्नमा उनको झुकाव सधैं रह्यो।
यस्तै, जब नीतिगत सल्लाहहरूको भँवर चलिरहन्थ्यो, उनको मार्गदर्शक सिद्धान्त साधारण क्रिश्चियन धर्म थियोः विनम्रतापूर्वक हिँड्नु, छिमेकीलाई माया गर्नु र उनीहरुप्रति सही काम गर्नु।
अमेरिका यस कुरामा बानी परेको थिएन। देश धार्मिक (त्यसबेला र अहिले पनि) भए पनि, राष्ट्रपतिहरू सामान्यतः एपिस्कोपेलियनिज्म वा प्रेसबिटेरियनिज्मको सुरक्षित र सौम्य रंगमा आउने गर्थे। समयअनुसार भगवानलाई “अन“ वा “अफ“ गर्न सकिन्थ्यो। तर, एक दक्षिणी बप्टिस्ट, जसले प्रचार गरेको थियो र आइतबार स्कूल पढाएका थिए, जसको बाइबल सधैं हातमै रहन्थ्यो र जसका लागि भगवान् सधैं उपस्थित रहन्थे, यो धर्मनिरपेक्ष प्रकारका मानिसहरूको लागि कौतुहल र कहिलेकाहीँ लज्जाको विषय थियो।

जिमी कार्टरले राष्ट्रपति हुँदा धर्म प्रचार गरेनन्, तर उनले उत्तिकै विश्वास गरे, त्यस्तै व्यवहार गरे। उनको आत्मकथा “कीपिङ फेथ“ (विश्वास कायम राख्दै) नाम राखेर प्रकाशित भयो। उनी कट्टर पनि थिएनन्। उनले दक्षिणी बप्टिस्ट सम्मेलनसँगको सम्बन्ध तोडे, किनभने त्यसले महिलालाई समानता प्रदान गर्न अस्वीकार ग¥यो।

ओभल अफिसमा उनको अन्तिम कार्य आफ्ना जनताको स्वतन्त्रताको लागि प्रार्थना गर्नु थियो। त्यहाँ उनको अन्तिम आगन्तुकले उनलाई सम्झाए कि उनको प्रशासनको समयमा कुनै नागरिक युद्धमा मारिएका थिएनन्। उनीसँग यो पर्याप्त सान्त्वना थियो।

रूसमा, उनलाई सायद “पवित्र मूर्ख” भनिन्थ्यो। तर अमेरिकामा, उनको करियरले यो असहज विचार उठायो कि एउटा वास्तवमै प्रभावकारी राष्ट्रपति हुनु र एक साँच्चै असल मानिस हुनु, यी दुई कुरा सँगै असम्भव हुन सक्छ। ■
द इकोनोमिष्टबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com