ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समुन्द्रमुनिका केबल काटिएपछि युरोपमा समुन्द्री आक्रमणको चेतावनी


एबीसी न्यूज

 

डिसेम्बर २६ः फनल्यान्डका अधिकारीहरूले बिहीबार एउटा तेल ट्यांकरमा छापा मारेका छन्, जसलाई उनीहरूले पानीमुनि रहेको महत्वपूर्ण केबल काट्न संलग्न अनुमान गरिएको छ । यो जहाज रूसको तथाकथित छायाँ बेडामा सामेल रहेको बताइएको छ, जसले प्रतिबन्धलाई छल्न प्रयोग गरिन्छ।

फिनल्यान्ड र एस्टोनियाबीच बिजुली जोड्ने एस्टलिंक २ सबमरीन नामक केवल बुधबार काटिएको फिनल्यान्डको प्रहरीले जनाएको छ। यो घटना पानीमुनि रहेको पूर्वाधारमा भइरहेको विघटनको ताजा घटना हो, जसलाई तोडफोडका कार्यको रूपमा अनुसन्धान भइरहेको छ। फिनल्यान्डका अधिकारीहरूले बिहीबार चार वटा अन्य डाटा ट्रान्समिट गर्ने केबलहरू पनि क्षतिग्रस्त भएको बताएका छन्।

पछिल्ला केही महिनाहरूमा अन्य महत्वपूर्ण पानीमुनि रहेका केबलहरू पनि काटिएका छन् ।

गत महिना बाल्टिक सागरमा दुई फाइबर अप्टिक केबलहरू पनि काटिएको घटनालाई जर्मनीका रक्षा मन्त्रीले तोडफोडजन्य कार्य भनेका थिए। तीमध्ये एउटा केबल फिनल्यान्ड र जर्मनी जोड्ने थियो भने अर्को लिथुआनिया र स्विडेनबीच चल्थ्यो । यी सबै देश नेटो गठबन्धनका सदस्य हुन्।

रुसी जहाजहरू बाल्टिक र उत्तरी समुद्रमा महत्वपूर्ण पूर्वाधार भएको स्थानको नजिक देखिएका छन्। दर्जनौं रुसी ट्यांकरहरूले प्रतिबन्ध छल्न अन्य झन्डा अन्तर्गत यात्रा गर्न थालेको न्यूयोर्क टाइम्सले जनाएको छ ।

फिनल्यान्ड प्रहरीले पछिल्लो केबल कटौतीलाई “गम्भीर तोडफोड” भनेका छ । बिहीबार जारी प्रहरीको विज्ञप्तिमा भनिएको छ, अधिकारीहरूले ईगल एस ट्यांकर नियन्त्रणमा लिएका छन् । यो दक्षिण प्रशान्तको कुक द्वीपसमूहमा दर्ता भएको जहजा हो । जहाज रुसको सेन्ट पिटर्सबर्गबाट इजिप्टको पोर्ट सईदतर्फ जाँदै गर्दा फिनल्यान्डको समुन्द्री जल क्षेत्रमा प्रवेश गरेको थियो।

“हामी यो जहाज रूसको छायाँ बेडाको सदस्य हो भन्ने अनुमान गर्दैछौं,” फिनल्यान्डका भन्सार प्रमुख सामी रक्षितले पत्रकार सम्मेलनमा बताएको विभिन्न समाचार माध्यमले उल्ल्ेख गरेका छन् ।
फिनल्यान्डका प्रधानमन्त्री पेटेरी ओरपोले भने, “ईगल एस रुससँग प्रत्यक्ष रूपमा जोडिएको प्रमाण नभए पनि, यो घटनाले बाल्टिक राष्ट्रहरूको सम्भावित हस्तक्षेपप्रति कमजोर अवस्थालाई देखाउँछ।”

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले फिनल्यान्डको “छिटो कार्य”को प्रशंसा गरिन्। “हिजोको बाल्टिक सागर घटनाले ईयू पूर्वाधारमाथिको खतरालाई देखाउँछ। हामी मिलेर युरोपको महत्वपूर्ण पूर्वाधारको सुरक्षा बढाउनेछौं।”
एस्टोनियाका प्रधानमन्त्री क्रिस्टन मिचलले केबल काटिएको घटनाको प्रतिवादमा फिनल्यान्डसँग समन्वय गरिएको बताए।
काटिएको एस्टलिंक २ केबलले फिनल्यान्ड र एस्टोनियामा धेरै प्रभाव नपरेको बताइएको छ । एस्टोनियाको आर्थिक मामिला तथा सञ्चार मन्त्रालयकी प्रवक्ताले सार्वजनिक रूपमा कुनै प्रभाव नपर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं–१: ‘सबैभन्दा हट’ क्षेत्र – गर्भवतीबाट समलिङ्गी अधिकारकर्मीसम्म, कांग्रेस बागीदेखि पठाओ सीइओसम्म !

सम्बन्धित

आज स्विट्जरल्यान्ड पुग्दै ट्रम्प, ग्रिनल्यान्ड एजेन्डासहित विश्वलाई सम्बोधन गर्ने

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

१६५ क्षेत्रमा ३४ सय ८४ जनाको उम्मेदवारीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं–१: ‘सबैभन्दा हट’ क्षेत्र – गर्भवतीबाट समलिङ्गी अधिकारकर्मीसम्म, कांग्रेस बागीदेखि पठाओ सीइओसम्म !

गगनको ‘बदला’ : कांग्रेसमा दुई तिहाइ सिटमा आफ्नै गुटका उम्मेदवार, देउवा–कोइराला गुट २७ प्रतिशतमा सीमित (सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com