ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने लुम्बिनी सरकारको तयारी


एबीसी न्यूज

काठमाडौं ९ पुस । मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशभित्र ललितकलाको थप अध्ययन, संरक्षण र विकासका लागि साझेदारी गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको जानकारी दिएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्यसचिव देवेन्द्र थुम्केलीलगायत प्रतिनिधिसँग आज बिहान भएको छलफलमा मुख्यमन्त्री आचार्यले प्रदेशभित्रको कला, संस्कृति, साहित्य, सीप, ज्ञानविज्ञान तथा सम्पदाहरूको संरक्षण गर्न साझेदारी गरेर अघि बढ्न तयार रहेको बताएका हुन् ।

मुख्यमन्त्री आचार्यले प्रदेश प्रज्ञा प्रतिष्ठान गठनका लागि विधेयक अगाडि बढाउने तयारी भइरहेको जानकारी दिए । ‘प्रदेश पज्ञा प्रतिष्ठान गठनका लागि विधेयक अगाडि बढाउँछौं’, उनले भने, ‘प्रदेशभित्रको कला, साहित्य, संस्कृति, सम्पदा संरक्षणका लागि सरकार प्रतिबद्ध छ ।’

कुलपति हार्तम्छालीले प्रदेशमा ललितकलाको अध्ययन, अनुसन्धानको विषयलाई प्राथमिकतामा राख्न अनुरोध गरे । कलाकृतिहरूको सृजना तथा तिनको प्रदर्शन गर्नुका साथै कलाहरूको विविध विधामा अध्ययन, अनुसन्धान र अन्वेषण गर्न जरुरी रहेको उनले बताए ।

 

भेटमा ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीले दाङको गढवालाई सेरामिक्स हब बनाउने गरी कार्यक्रम अघि बढाएको जानकारी दिए ।

देशकै सेरामिक्स हब गढवा बन्ने, यहाँको माटो र माटोबाट बनेका भाँडा विश्वबजारमा पुर्याउने, वार्षिक रु १० देखि १५ करोडको कारोबार गर्न सकिने सम्भाव्यता अध्ययनले देखाएको छ । यसका साथै प्रादेशिक ललितकला प्रदर्शनीको आयोजना गर्न थालिएको बारेमा समेत जानकारी गराइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

सम्बन्धित

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त प्रचण्ड

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com