ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकका लागि खुल्यो ऐतिहासिक चुरियामाई सुरुङमार्ग


एबीसी न्यूज

काठमाडौं ८ पुस । दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ जीर्णोद्धारपछि पर्यटकका लागि खुल्ला गरिएको छ। हेटौंडा(१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग सोमबारबाट सर्वसाधारणका लागि खुला गरिएको हो। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सुरुङमार्गको उद्घाटन गरेका हुन्।

सुरुङमार्गको उद्घाटन पश्चात् हेटौंडा उपमहानगरपालिकालाई सुरुङको स्वामित्व हस्तान्तरण गरिएको छ। १९ वैशाख २०७८ मा माउन्टेनइन्फ्रा कम्पनी लिमिटेड, काठमाडौँ स्युचाटारसँग सुरुङमार्ग पुनर्निर्माणको सम्झौता भएको थियो। २०८० असोज २२ मा सम्पन्न आयोजनाको निर्माण सम्पन्न भएको करिब बर्ष दिन भन्दा बढी समयपछि सर्बसाधारणको लागि खुल्ला गर्न लागिएको हो।

एक वर्षभन्दा बढी समय सुरुङको दुवैतर्फको गेट बन्द गरेर राखिएको थियो। बागमती प्रदेश सरकारले ३ करोड ६५ लाख रुपैयाँ खर्चिएर सुरुङमार्गको जिर्णोद्धार गरेको हो। २ सय २५ मिटर लामो सुरुङको चौडाइ २।५ मिटर छ भने उचाइ ३ मिटर रहेको छ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९१७ मा उक्त सुरुङ निर्माण गरिएको थियो। नेपालका प्रथम ग्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण भएको चुरियामाई सुरुङबीच भागमा भासिएर जोखिम अवस्थामा थियो।

सुरुङ सञ्चालनका लागि उपमहानगरपालिकाले कार्यविधि बनाएको छ। यसअनुसार सुरुङ अवलोकन गर्न प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क तोकिएको छ। विदेशीलाई १२० रुपैयाँ र विद्यार्थीलाई २० रुपैयाँ प्रवेश शुल्क लिइनेछ।

५ वर्षमुनिका बालबालिका, अपांग र जेष्ठ नागरिकलाई निःशुल्क गरिएको उपमहानगरपालिकाका प्रबक्ता सबिन न्यौपानेले जानकारी दिए। काठमाडौँलाई हेटौंडा हुँदै तराईसँग जोड्ने गरी चुरे पहाडमा निर्माण गरिएको सुरुङमार्ग दक्षिण एसियाकै पहिलो भएको स्वीस नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको ‘दि हिमालयन किडम अफ नेपाल’ नामक पुस्तकमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

सम्बन्धित

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त प्रचण्ड

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com