ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्च बारमा एमाले, माओवादी, रास्वपा र राप्रपाको ‘महागठबन्धन’, अध्यक्षमा थापा


एबीसी न्यूज

काठमाडौं ८ पुस । सर्वोच्च अदालत बार एसोसिएसनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रनिकट कानुन व्यवसायीको ‘महागठबन्धन’ बन्ने भएको छ।

एमालेनिकट पेसागत कानुन व्यवसायी संगठन पीपीएलए र माओवादीनिकट क्रान्तिकारी कानुन व्यवसायी संगठन ९आरपीएलए० बीच अध्यक्ष र सचिवको मुख्य पदमा भागबन्डा भएको छ।

यस गठबन्धनबाट अध्यक्षमा एमालेनिकट महेश थापाले उम्मेदवारी दिने भएका छन्। सचिवमा माओवादीनिकट प्रभाकर श्रेष्ठलाई उठाउने समझदारी बनेको छलफलमा सहभागी एक माओवादीनिकट वरिष्ठ अधिवक्ताले नेपालखबरलाई जानकारी दिए।

यस्तै उपाध्यक्षमा राप्रपानिकट उत्तमकुमार श्रेष्ठ र रास्वपानिकट रामहरि त्रिपाठीलाई अघि सार्ने तयारी भएको छ।

उम्मेदवारहरूले आजै मनोनयन दर्ता गराउँदै छन्।

यसअघि नेपाली कांग्रेस र एकीकृत समाजवादीनिकट कानुन व्यवसायीहरूको संगठनले संयुक्त प्यानल घोषणा गरिसकेको छ।

कांग्रेसनिकट वरिष्ठ अधिवक्ता मेघराज पोखरेलको नेतृत्वमा उक्त प्यानल बनाइएको छ।

पीपीएलएका महासचिव अमर थापाले भने अझै गृहकार्य भइरहेको र सबै कुरा टुंगो नलागिसकेको प्रतिक्रिया दिए।

सर्वोच्च बारको नयाँ नेतृत्व चयनका लागि यही पुस २० गते चुनाव हुँदै छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

सम्बन्धित

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त प्रचण्ड

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com