ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तिम खेलमा पनि हार्‍यो लुम्बिनी, कर्णालीको प्लेअफ सम्भावना बलियो


एबीसी न्यूज

काठमाडौं २८ मंसिर ।   नेपाल प्रिमियर लिगको अन्तिम खेलमा पनि लुम्बिनी लायन्सले पराजय व्यहोरेको छ। यसले कर्णाली याक्सको प्लेअफ सम्भावना बलियो भएको छ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा कर्णालीसँग लुम्बिनी ५ रनले पराजित भएको हो।  कर्णालीले दिएको १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो।

आजको जितसँगै कर्णालीले अंक तालिकामा ८ अंकसहित तेस्रो स्थानमा पुगेको छ। उसको रनरेट ०।०९५ छ।

यता लुम्बिनी भने ७ खेलमा ६ मा हार र १ मा जित निकाल्दै प्लेअफबाट बाहिरिसकेको छ।

शुक्रबारको खेलमा लुम्बिनीका आशुतोष घिरैयाले १६, अर्जुन साउदले १३ र कप्तान रोहित पौडेलले १० रन बनाए। तोम मुर्सले सर्वाधिक ३६ रन बनाउँदा सन्दीप जोराले २४ रनको योगदान दिए।

बेन कटिङ १ रनमै आउट भएपछि आएका साद बिन जफर पनि १२ रनमा रनआउट हुन पुगे। तिलक भण्डारी ३ रन र रेमन सिाइमन्ड ४ रनमा नटआउट रहे। अन्तिम बलसम्म पनि जित्ने सम्भावना कायम राखेको लुम्बिनीका लागि तिलक र साइमन चुके।

उनीहरुले अन्तिम ओभरमा ९ रन आवश्यक हुँदा मात्रै ३ रन जोडे। खराब ब्याटिङकै कारण अन्तिम खेलमा पनि लुम्बिनीले पराजित हुनुपर्यो।

सोमपाल कामी एक मेडनसहित २४ रन खचिएर १ विकेट लिए। नन्दन यादव १ र बिपिन शर्माले पनि समान एक विकेट हात पारे। जिशन मक्सुदले २ र विलियम बसिस्टोले एक विकेट लिँदै महत्वपुर्ण अंक दिलाए।

त्यसअघि टस जितेर लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो।

कर्णालीका लागि विलियम बसिस्टोले ३ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४४ रन बनाए। ओपनर बाबर हायतले २० रन, देव खनाल ३ रन, चाडविक वाल्टन १३ रन जोडेर आउट हुँदा गुल्शन झा ८ रन जोडेर आउट भए।

अर्जुन घर्तीले २५ बलमा २५ रन योगदान दिँदा कप्तान सोमपाल कामी ७ रनमा र नन्दन यादव शून्य रनमै आउट भए।

लुम्बिनीका लागि विकास आग्रीले २ ओभरमा ३ विकेट लिए। तिलक भण्डारीले २ तथा रामोन सिमोन्ड्स, सादबिन जाफर र रोहित पौडेल समान एक एक विकेट हात पारे।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

प्रचण्डले हरिबोल गजुरेलसहितलाई काठमाडौं बोलाए, अडानबाट नहट्ने गजुरेलको चेतावनी

सम्बन्धित

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

प्रचण्डले हरिबोल गजुरेलसहितलाई काठमाडौं बोलाए, अडानबाट नहट्ने गजुरेलको चेतावनी

चुनावी प्रचारमा ‘भाइरल’ बन्ने होड : विचार कि दृश्यात्मक प्रदर्शन ?

चितवन–१ मा ‘त्रिकोणीय रोमाञ्च’: जेनजी युवाको पनि दाउ !

संघीयतालाई चिहान बनाउदै ‘सिंहदरबार’ को मृगतृष्णा

“रविको चलाखीले फसाइदियो” – बालेन–रवि जोडीमाथि ओलीको व्यंग्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com