ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनसँग ३३ रनले हार्‍यो सुदूरपश्चिम रोयल्स


एबीसी न्यूज

काठमाडौं २३ मंसिर । चितवन राइनोजसँग पराजित हुँदै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो हार व्यहोरेको छ।

आइतबारको दोस्रो खेलमा चितवन राइनोजसँग ३३ रनले पराजित हुँदै सुदूरपश्चिमले एनपीएलमा पहिलो हार भोगेको हो।

एनपीएलमा सुदूरपश्चिमले पहिलो हार व्यहोरेको दिन चितवन राइनोजले भने तेस्रो जित निकाल्दै ६ अंकमा अंक तालिकाको तेस्रो स्थानमा यथावत् छ।

पराजित सुदूरपश्चिम ६ अंकमा दोस्रो स्थानमा छ। समान ४ खेलबाट सुदूरपश्चिम र चितवनको समान ६ अंक भए पनि नेटरनरेटमा सुदूरपश्चिम एक स्थान माथि छ।

एनपीएलमा अपराजित रहेको जनकपुर बोल्ट्स ८ अंकमा तालिकाको शीर्ष स्थानमा छ।

चितवन राइनोजले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८।२ ओभरमा १ सय ३१ रन बनाउँदा अलआउट भयो।

ईशान पाण्डेले बनाएको ३५ रन नै सुदुरपश्चिमका लागि सर्वाधिक रह्यो। उनले २८ बलमा ४ चौका र १ छक्का प्रहार गर्दा अमर राउटेलाको बलमा दिपक बोहोराको हातबाट क्याच आउट भए।

ओपनर सैफ जैवले १८, ब्राण्डोन म्याकमुलेनले १३ र दिलप्रित बाज्वाले १२ रन थपे। नरेन साउद १० रन बनाउँदै क्याच आउट भए। स्कट कुग्लेन १६ रन बनाउँदा सोहेल तनविरको बलमा एलबीडब्लु धरापमा परे।

चितवनका लागि कुशल मल्ल, जान निकोल लफ्टीइटोन, रिजन ढकाल, अमर राउटेलाले समान २ विकेट लिए। सोहेल तनविर र रन्जित कुमारले समान एक विकेट आफ्नो नाममा गरे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रनको योगफल तयार पारेको थियो।

चितवनका लागि ओपनर हसन इसाखिलले बनाएको ६५ रन नै सर्वाधिक रह्यो। ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गरेका शसन स्कट कुग्लेजिनको बलमा नरेश बुढाएरको हातबाट क्याच आउट भए।

रवि बोपारा ३६ रन बनाउँदै क्याच आउट भए। १८ बलमा २ चौका र २ छक्का हानेका रवि दीपेन्द्रसिंह ऐरीको बलमा नरेन बुढाएरको हातबाट क्याच आउट हुन पुगे।

विपिन रावल १७ रन बनाउँदा स्कट कै बलमा सैफ जैवको हातबाट क्याच आउट भए।

अर्का ओपनर सन्तोष कार्की ९ रन बनाउँदै पेभेलियन फर्के। कप्तान कुशल मल्ल १३ रन बनाउँदा स्कटकै बलमा बोल्ड आउट भए।

जान निकोल लफ्टी इटोन २ र अमर राउटेला ६ रनमा अविजित रहे। सुदूरपश्चिमका स्कट कुग्लेजिनले दुई विकेट लिए। दीपेन्द्र सिंह ऐरी, ब्राण्डोन म्याकमुलेन र सैफ जैवले समान एक विकेट लिए।

चितवनले आजको खेलमा अघिल्लो खेलबाट २ खेलाडी परिवर्तन गरेको थियो। चितवनले आइतबार शरद भेषावकरको स्थानमा रन्जीत कुमार र लुक वेनकेस्टाइनको स्थानमा हसन इसाखिललाई मौका दियो।

सुदूरपश्चिमले भने वसन्त खत्रीको स्थानमा दिलप्रित बाज्वालाई सुरुवाती ११ मा ल्याएको थियो।

आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १ रनले पराजित गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com