ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूचना प्रविधिको क्षेत्रमा सरकारले काम गर्दैछः मन्त्री गुरुङ


एबीसी न्यूज
मंसिर २१, २०८१ शुक्रबार   ५ : ००   बजे

काठमाडौं २१ मंसिर । सन्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले सूचना, प्रविधिको क्षेत्रमा तिव्र रुपले काम गरिरहेको र अझ धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ । काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लबले आयोजना गरेको सूचना प्रविधि मेला २०२४ को शुक्रबार उद्घाटन गर्नुहुँदै मन्त्री गुरुङले त्यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले सूचना प्रविधिको विकासका लागि काम गर्ने बताउँदै त्यसका लागि सरकारको काममा यस क्षेत्रमा कार्यरत सङ्घ संस्थालाई पनि आग्रह गर्नुभयो । ‘सरकारको अघिल्लो आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा सूचना, प्रविधिको दशक भनेर सम्बोधन गरे पनि त्यसका लागि कुनै महत्व दिएर काम गरेको देखिएन’ मन्त्री गुरुङले भन्नुभयो ।

उहाँले नेपाललाई सूचना प्रविधिको हब बनाउन नीति, परिवर्तन र कानुन परिवर्तन गर्नुपर्नेछ भने यी काम सम्पन्न भएपछि त्यसका लागि आवश्यक संरचना निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले डिजिटल नेपाल फ्रेमवर्कका लागि नीति, रणनीति, कानुन बनाएर फ्रेमवर्कभित्रका विभिन्न आठवटा क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले मंसिर महिनाभित्र कृत्रिम बुद्धिमत्ता ९आर्टिफिसियल इन्टेलिजेन्स० को नीति र रणनीति ल्याउने तयारी गरिरहेको बताउनुभयो । एआईको नीति र रणनीति आएपछि सरकारले यसको कानुन बनाउने काम गर्नेछ, पछिल्लो समय एआईको प्रयोग बढेको पाइन्छ, यसका लागि ठाउँ–ठाउँमा ज्ञान केन्द्र बनाउनुपर्ने जरुरी देखिन्छ, ज्ञान केन्द्र निर्माणका लागि सहयोगी देश खोज्नुपर्छ’ मन्त्री गुरुङले थप्नुभयो ।

उहाँले डिजिटल नेपाल फ्रेमवर्क ई–गभर्नेन्सबाट सुरु गर्नुपर्ने बताउनुभयो । उहाँले ७५३ वटा स्थानीय सरकार, सात प्रदेश सरकार र सङ्घीय सरकारका विभिन्न मन्त्रालयमा ई–गभर्नेन्स लागू गरेको खण्डमा भ्रष्टाचार, घुसखोरी नियन्त्रण भई राजस्व वृद्धि हुने बताउनुभयो । मन्त्री गुरुङले सरकारले टिकटक कम्पनीलाई नेपालको शिक्षा र पर्यटनमा सघाउन आग्रह गरिएको बताउनुभयो ।

यस्तै, मेटा कम्पनीलाई पनि तीन महिनाभित्र सम्पर्क गर्न अनुरोध गरिएको बताउँदै उक्त कम्पनीलाई नेपालमा स्वास्थ्य, ई–गभर्नेन्स र औद्योगीकरणमा सहयोग गर्न आग्रह गरिएको बताउनुभयो । उहाँले नेपाललाई सूचना प्रविधिको हब बनाउने विषयमा विभिन्न कम्पनीसँग छलफल भएको र त्यसका लागि विदेशी लगानी आवश्यक हुने बताउनुभयो ।

 

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा। भोला थापाले विश्वविद्यालयले सूचना प्रविधिको क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादनका लागि विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले सूचना प्रबिधिको विकासबाट मुलुकको समृद्धि ल्याउन सकिने बताउनुभयो । कार्यक्रममा पूर्वमन्त्री गणेश शाह, विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका डिन प्राडा। मनीष पोखरेलले सूचना प्रविधिको बिकास र यसको सम्भाव्यताको बारेमा भनाइ राख्नुभएको थियो ।

सूचना, प्रविधिलाई पेशाको रुपमा अँगाल्ने युवा तथा विद्यार्थीलाई एउटै मञ्चमा ल्याई उहाँहरुसँग रहेको ज्ञान, सीपको आदानप्रदान, सहकार्य र नवप्रवर्तनका अवसरहरुको सिर्जना गर्न सहयोग गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजक क्लबले जनाएको छ । मेलामा रोबो वार, रोवर्ट फुटबललगायत रोबोर्टका रोचक प्रदर्शनीका साथै विद्यार्थीहरुले तयार गरेका परियोजनाको प्रदर्शनी हुनेछ ।

मेलामा रोट्रयाक धुलिखेलसँगको साझेदारीमा साइबर सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरी अनलाइन ठगी, मिडिया सुरक्षाजस्ता महत्वपूर्ण विषयमा जनचेतना फैलाउने, महिला सशक्तिकरण कार्यक्रम सञ्चालनगरी प्रविधिमा उहाँहरुको भूमिका बलियो बनाउन सहयोग गरिने आयोजक क्लबले जनाएको छ । मेलामा कृत्रिम बुद्धिमत्ता प्रतियोगिता ९एआई कम्पिटिसन०, एआर ट्रेजर हण्ट, कोड क्याम्प, लाइन फलोइङ रोवर्ट च्यालेञ्जजस्ता चुनौतीपूर्ण प्रतिस्पर्धाहरु सञ्चालन हुनेछन् । करिब २० हजारले मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group