ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियाका राष्ट्रपति युनको संसद् भवन जाने कार्यक्रम स्थगित


एबीसी न्यूज

काठमाडौं २१ मंसिर । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले संसद् भवन जाने कार्यक्रम स्थगित गर्नुभएको छ । संसद्मा उपस्थित भएर मार्सल कानून लागू गर्नुपर्ने कारणबारे जानकारी गराएर महाभियोगको प्रतिरक्षा गर्ने तयारी रहेकोमा अन्तिम समयमा स्थगित भएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति संसद् भवन जाने भएपछि रोक्नका लागि विपक्षी सांसदसहित प्रदर्शनकारीहरूले मानव पर्खाल बनाएका थिए । महाभियोगमा मतदान भोलिका लागि तय भएको प्रमुख विपक्षी दलले जनाएको छ । प्रस्ताव पारित गर्न आवश्यक सङ्ख्या जुटाउन सकिन्छ भन्ने पक्का भएलगत्तै मतदान हुने पनि पार्टीले भनेको छ ।

तीन सय सिटको संसद्मा प्रतिपक्ष दलका एक सय ९२ सिट छ । प्रस्ताव पारित गर्न सत्तारूढ दलका आठ जना सांसदको समर्थन जुटाउन पर्नेछ । सत्तारूढ दलका नेता हान डोङ–हुनले राष्ट्रपति युन सुक येओलको संवैधानिक अधिकारलाई निलम्बन गर्न आवश्यक रहेको बताउनुभएकोले महाभियोग प्रस्तावमा सत्तारूढ पार्टीका सांसदहरूले पनि मतदान गर्न सक्ने बीबीसीले जनाएको छ ।

यसैबीच राष्ट्रपति युनले सत्तारूढ दलका नेता हान डोङ–हुनलाई पनि पक्रने आदेश दिएको खुलासा भएको छ । मङ्गलवार राति मार्सल ल लागू गर्दाखेरि राष्ट्रपतिले डोङ–हुनलाई पक्राउ गर्ने आदेश दिएको खुलेको हो । हुनसहित प्रमुख प्रतिपक्ष दलका नेता लि जेय–मेयुङलगायतलाई पक्राउ गर्ने तयारी रहेको खुलेको बीबीसीको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com