ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीआरआईबारे कांग्रेसको प्रस्तावमा एमालेको समर्थन, चिनियाँ प्रतिक्रियाको पर्खाइमा दुवै दल


एबीसी न्यूज

काठमाडौं १४ मंसिर । चिनियाँ विकास परियोजना ‘बीआरआई’ कार्यान्वयन सन्दर्भमा नेपाली कांग्रेसले गरेको प्रस्तावमा एमालेले पनि समर्थनको संकेत दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली आसन्न चीन भ्रमण ९१७–२० मंसिर० का बेला ‘बीआरआर’लाई अघि बढाउने तयारीमा छन्।

ओली दोस्रोपटक प्रधानमन्त्री हुँदा सन् २०२० मा चीनले ‘बीआरआई कार्यान्वयन सम्झौता’ नाम प्रस्ताव गरेको थियो।

चीनले प्रस्ताव गरेको प्रस्तावलाई सत्तारुढ नेपाली कांग्रेसले स्वीकार गरेको छैन। स्रोतका भनाइमा ‘बीआरआई’बारे नेपाली कांग्रेसभित्र पनि दुई धार छन्।
‘बीआरआई’प्रति नकारात्मक धारणा राख्ने पहिलो समूह यसको कार्यान्वयनमा ढिलाइ गर्न चाहन्छ भने अर्को समूह चीनले प्रस्ताव गरेका प्रावधानहरुमा आमूल परिवर्तन चाहन्छ।

यसैक्रममा नेपाली कांग्रेसले चीनले प्रस्ताव गरेको ढाँचामा नै आमूल परिवर्तन गरेर सोही अनुसार ‘बीआरआई अघि बढाउन’ प्रस्ताव गरेको छ।

त्यसक्रममा उसले चीनले प्रस्ताव गरेको ‘बीआरआई कार्यान्वयन सम्झौता’ को नाम परिवर्तन गरी ‘बीआरआई सहकार्य फ्रेमवर्क’ प्रस्ताव गरेको छ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका एमाले उपहासचिव प्रदीप ज्ञवाली ‘बीआरआई सहकार्य फ्रेमवर्क’ का सन्दर्भमा एमालेको सकारात्मक धारणा रहेको बताउँछन्।

‘बीआरआई कार्यान्वयन सम्झौतामा विभिन्न प्रोजेक्टसँग सम्बन्धित विषयहरु थिए,’ ज्ञवालीले नेपालखबरसँग भने, ‘अब गर्ने भनिएको सम्झौतामा ती विषय नहुने भएपछि नाम त्यही नै राख्नुपर्छ भन्ने पनि भएन।’

ज्ञवालीका भनाइमा बीआरआईका सन्दर्भमा नयाँ सम्झौता नेपाल र चीनबीच हुने भएकाले यसमा चीनको पनि सहमति आवश्यक पर्छ। तर, चीनको प्रतिक्रिया के रहन्छ, त्यो पक्षलाई पनि विचार गर्नुपर्ने उनले बताए।

‘चीन पनि ‘बीआरआई सहकार्य फ्रेमवर्क’ भन्ने नाममा सहमत हुन्छ भने यसमा हामीलाई आपत्ति छैन,’ ज्ञवालीले भने, ‘छलफलहरु चलिरहेका छन्, हेरौँ के हुन्छ१’

‘बीआरआई’का विषयमा सत्तारुढ नेपाली कांग्रेस र एमालेबीच त्यति धेरै मतान्तर नरहेको पनि उनले बताए। बुझाइमा रहेको केही भिन्नताले गर्दा केही दिनअघिसम्म मतान्तर देखिएको उनको भनाइ छ।

‘बीआरआई भनेकै ऋण हो भन्ने न्यारेटिभ निर्माण गर्न खोजियो, जुन सही थिएन,’ ज्ञवालीले भने, ‘नेपाली कांग्रेसका साथीहरुले अहिले ऋण नलिने भन्नुभएको छ, हामीले पनि त्यही भनेका छौँ।’

प्रधानमन्त्री ओलीको चीन भ्रमणको मिति नजिकिँदै गर्दा कांग्रेस–एमाले यस विषयमा सहमति जुटाउने प्रयासमा छन्। सहमतिमा पुग्न दुवै पक्ष अनौपचारिकस्तरको कार्यदल बनाएर छलफल गरिरहेका छन्।

कार्यदलमा एमालेको तर्फबाट उपमहासचिव विष्णु रिमाल र प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा छन् नेपाली कांग्रेसको तर्फबाट महामन्त्री गगन थापा छन्।

दुई प्रमुख सत्तारुढ दलबीच ‘बीआरआई’बारे मोटामोटी सहमति भएकाले अब चिनियाँ प्रतिक्रिया के रहन्छ भन्ने प्रतीक्षामा दुवै दल छन्।

चीन भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले पनि नेपाली प्रस्तावको सम्बन्धमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग छलफल गर्नेछिन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो

माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास

सम्बन्धित

अमेरिकाले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा रोक्यो

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

आज माघे संक्रान्ति पर्व मनाइँदै

हाम्रा चाडपर्वले सामाजिक सद्भाव सुदृढ बनाउँछन्ः सभामुख

काठमाडौंको तापक्रम केही बढ्यो, तराईमा हुस्सु र कुहिरोको प्रभाव विस्तारै कम हुँदै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com