ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भर्खर जन्मिएकी बालिकालाई स्वागत गरेर प्रधानमन्त्रीले गरे जनसंख्या सम्मेलनको उद्घाटन


एबीसी न्यूज

काठमाडौं १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै जन्मिएकी बालिकालाई स्वागत गरेर नेपालमा छैटौँ एसियाली जनसंख्या सम्मेलन ९एपीसी० को उद्घाटन गरेका छन्।

कार्यक्रम उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज ९केएमसी० मा भर्खर प्रसूति भएकी मीना श्रेष्ठ र उनकी नवजात छोरीलाई भिडिओ कलमार्फत स्वास्थ्यलाभको कामना पनि गरे।

श्रेष्ठले अपरेसनबाट दोस्रो सन्तानका रूपमा छोरी पाएकी हुन्। उनले पहिला पनि अपरेसनबाटै बच्चा जन्माएकी थिइन्।

‘प्रधानमन्त्रीज्यूले भिडिओ कलबाट आमा र बच्चाको स्वास्थ्य अवस्था सोध्नुभयो। बधाई दिनुभयो र स्वास्थ्यलाभको कामना गर्दै बेस्ट विसेस भन्नुभयो,’ सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज ९केएमसी० डा वर्षा बरालले नेपालखबरलाई भनिन्।

डा बरालका अनुसार, श्रेष्ठले पनि जनस्वास्थ्य विषय अध्ययन गरेकी छन्।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय जनसंख्या विभाग र एसियन पपुलेसन एसोसिएसन ९एपीए० को सहकार्यमा सम्मेलन सुरू भएको छ। मंसिर १५ गतेसम्म चल्ने सम्मेलनमा ५० देशका ७०० भन्दा बढी जनसंख्या विज्ञ, नीति निर्माता, र अनुसन्धानकर्ता सहभागी रहेको आयोजक समिति संयोजक प्राडा योगेन्द्रबहादुर गुरुङको भनाइ छ।

सम्मेलनमा १७ वटा मुख्य विषयगत शीर्षकमा ४०० वटा कार्यपत्र प्रस्तुत गरिनेछ। विश्वव्यापी जनसांख्यिकीय परिवर्तनहरू, सामाजिक–आर्थिक प्रभावहरू र जनसंख्या व्यवस्थापनका चुनौतीहरूमा केन्द्रित रहेर सम्मेलनमा बहस हुने गुरुङले बताए।

नेपालले यस्तो सम्मेलन पहिलोपटक आयोजना गर्न लागेको हो। यसअघि यो सम्मेलन नयाँ दिल्ली ९२०१००, बैंकक ९२०१२०, क्वालालम्पुर ९२०१५०, सांघाई ९२०१८० र जकार्ता ९२०२१० मा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेमा कलह : ओलीकोटिप्पणीपछि सुरेन्द्र पाण्डेले पनि मुख खोले

८ करोडको डिफेन्डरमा बालेनको ‘राजसी’ चुनाव : मालपानीको गाडी, भट्टको ‘सेटिङ’ ?

सम्बन्धित

सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपातसहित वर्षा

एमालेमा कलह : ओलीकोटिप्पणीपछि सुरेन्द्र पाण्डेले पनि मुख खोले

प्रधानमन्त्रीका दुई उम्मेदवारको संसद् यात्रा सजिलो छैन, नयाँ मतदातामा निर्भरता

हुम्लाको सिमकोटमा यो वर्षकै पहिलोपटक हिमपात

बालेन शाहको धार्मिक अभियान : आस्था कुल्चेर चुनावी रणनीति कि भावनात्मक जोड ?

क–कसले किन उम्मेदवारी फिर्ता लिए ? (सूचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com