ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानन्यायाधीश पराजुलीविरुद्ध नै अपहेलना मुद्दा !


admin
फाल्गुन २४, २०७४ बिहीबार  ८ : ०६ बजे

काठमाडौं, २४ फागुन । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीविरुद्ध नै अवहेलनाको मुद्दा परेको छ । जन्ममिति, शैशिक प्रमाण पत्र तथा न्यायसम्पादनका क्रममा देखिएका आफ्ना अयोग्यताका सम्बन्धमा प्रश्न उठाउनेहरुलाई अवहेलनाको मुद्दामा आवेशप्रेरित आदेश गरेको भन्दै आलोचित हुन पुगेका बेला अपहेलनाको मुद्दा दायर भएको हो ।

पेप्सीकोला बस्ने ४८ वर्षीय मनोजकुमार अधिकारीले पराजुलीको स्वेच्छाचारी चरित्र न्यायालयमा जताततै हाबी भएको र त्यसविरुद्ध उभिने अधिवक्ता डा. सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्कीसमेत दिएकाले उनबाट अदालतको अवहेलना भएकाले हदैसम्मको कारबाही गरिपाऊँ भनी सर्वोच्च निवेदन पेस गरेका हुन्। प्रधानन्यायाधीश पराजुलीले अधिवक्ता भण्डारीलाई पहिला मुद्दा मिलाउन आग्रह गरेको र त्यो नमानेपछि साँझ आफैंले फोन गरेर धम्क्याएको सम्बन्धमा समाचारहरु प्रकाशित भएको भन्दै त्यसैलाई आधार बनाएर निवेदकले पराजुलीबाट अवहेलना भएको जिकिर गरेका हुन्।

‘सर्वोच्च अदालतको सम्पूर्ण मुद्दा विपक्षी प्रधानन्यायाधीशले जिम्मा लिई मुद्दामा प्रतिवादीले कस्तो बयान गर्नु पर्ने, बेन्चले कस्तो आदेश गर्नुपर्ने, मुद्दा फिर्ता लिने वा नलिने सम्पूर्ण जिम्मा विपक्षीको (प्रधानन्यायाधीशको) जिम्मामा हुनेरहेछ’ निवेदनमा उल्लेख छ,‘र, कुनै पक्षको कानुन व्यवसायी भएर बहस गरेको कारणले विपक्षी प्रधानन्यायाधीशले कानुन व्यवसायीलाई फोन गरेर दबाब दिँदा रहेछन्।’
सर्वोच्च अदालतको कुनै पनि इजलास स्वतन्त्र रुपले काम गर्न नसकी विपक्षीको निर्देशनमा न्यायसम्पादन गर्दोरहेछ। सर्वोच्च अदालतका इजलासहरुले स्वतन्त्र रुपले न्याय सम्पादन गर्दा रहेनछन्, अदालत स्वतन्त्र नभई विपक्षी प्रधानन्यायधीशबाट निर्देशित भएर इजलासले फैसला, आदेश गर्ने रहेछ र निज विपक्षी प्रधानन्यायधीशले भनेबमोजिम कानुन व्यवसायीले बहस नगरे कानुन व्यवसायीलाई फोन गरेर दबाब दिनेरहेछन्। भनी दैनिक पत्रिकामा प्रकाशित समाचारले विपक्षीले अदालतको अवहेलनाजनक काम गरेकोले विपक्षीलाई अदालतको अवहेलनामा कारबाही गरी पाऊँ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com