ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिला विगतका सम्झौता कार्यान्वयन होस्, अनि नयाँबारे सोचौंला-गगन थापा


एबीसी न्यूज

काठमाडौं ६ मंसिर ।   नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले छिमेकी मुलुक चीनसँग विगतमा भएका सम्झौताहरु पहिला कार्यान्वयन हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स ९बीआरआई० कार्यान्वयनका लागि समझदारी हुने आशंका चलिरहेको बेला कांग्रेस महामन्त्री थापाले पहिला चीनसँग विगतमा भएका समझदारी कार्यान्वयनमा आउनुपर्ने आवश्यक्ता औंल्याएका हुन् ।

बीआरआईबारे सत्तारुढ दल नेकपा ९एमाले० को फरक धारणा रहेको बताउँदै उनले यस विषयमा एउटै धारणा बनाउनुपर्ने बताए । ‘हामी यो भन्दा अगाडि भएका सबै सम्झौताहरु कार्यान्वयन हुन् पहिला, त्यसपछि हामी नयाँ कुराको बारेमा सोचौं भन्ने बारेमा सोच्दछौं । हामी यो भन्दै गर्दा सहयात्रा गरिरहेको दलको कतिपय सोच यो विषयमा फरक छ भन्ने पनि हामी मान्दछौं । हामीले त्यो क्षमता राख्नुपर्छ हामीसँगै बसेर एउटा धारणा बनाउनुपर्छ भन्ने राख्छौं,’– नेपाल डेमोक्राटिक लयर्स एशोसिएशनको ३५औं स्थापना दिवसमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भने ।

त्यस्तै, उनले नेपालले छिमेकी राष्ट्र र मित्र राष्ट्रहरुसँग सहकार्य गर्न चाहेको पनि बताए । तर, नेपालले ती राष्ट्रहरुबाट अनुदानमा विकासका आकांक्षाहरु पुरा गर्न चाहेको उनको भनाइ छ । ‘हाम्रा ठूल्ठूला विकासका परियोजनाहरु छन्, ती विकासका परियोजनामा साझेदारी गर्न चाहन्छौं । हामी यो बेलामा उनीहरुबाट अनुदानबाट विकासका आकांक्षाहरुलाई पूरा गर्न चाहन्छौं । यी हाम्रा प्राथामिकताहरु छन्,’– महामन्त्री थापाले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कारबाहीपछि गगन र विश्वप्रकाश: ‘हामी जोखिम उठाउँदैछौं, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’

गगन थापा– ‘हामी नै आधिकारिक कांग्रेस, रुख र चारतारे झन्डा हामीसँग छ’

सम्बन्धित

कारबाहीपछि गगन र विश्वप्रकाश: ‘हामी जोखिम उठाउँदैछौं, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’

गगन थापा– ‘हामी नै आधिकारिक कांग्रेस, रुख र चारतारे झन्डा हामीसँग छ’

कांग्रेस सहमहामन्त्री फर्मूल्लाह मन्सूर पनि निष्कासित

कांग्रेस विवाद : देउवा पक्ष निर्वाचन आयोग पुग्यो, विशेष महाधिवेशन ‘नभएको’ दाबी

कांग्रेस संकट गहिरो : गगन–विश्वलाई कारबाहीको निर्णय सुनाउँदा पूर्णबहादुर भावविह्वल

गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com