ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोप-२९ सम्मेलनमा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : वनमन्त्री शाही


एबीसी न्यूज

काठमाडौं ४ मंसिर । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले अजरबैजानको बाकुमा जारी जलवायु परिर्वतनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि यूएनएफसिसी का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन ९कोप–२९ मा नेपालको सहभागिता प्रभावकारी रुपमा भइरहेको बताएका छन् ।

सम्मेलनमा सहभागी भई मंगलबार स्वदेश फर्कने क्रममा मन्त्री शाहीले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सम्मेलनमा नेपालले प्राथमिकताका साथ आफ्ना मुद्दा उठाइरहेको र सोही विषयसँग सम्बन्धित विभिन्न उच्चस्तरीय भेटवार्तासमेत भएको बताए ।

उक्त सम्मेलनमा नेपाललाई जलवायु संकटसँग जुध्नका लागि विभिन्न अनुदान उपलब्ध गराउनेलगायतका विषयमा सम्झौतासमेत भएका छन् । सम्मेलनमा मन्त्रालयलका सहसचिव धनिराम शर्माले जलवायु वित्त, महेश्वर ढकालले जलवायुजन्य हानिनोक्सानी, बुद्धिसागर पौडेलले संरचनाको पारदर्शीतामा अभिवृद्धिसम्बन्धी, नवराज पुडासैनीले कार्बन व्यापार, सञ्जिव राईले क्षमता अभिवृद्धि, धनञ्जय लामिछानेले न्यूनीकरण र उपसचिव दिपा ओलीले समावेशिताका विषयगत समूहको नेतृत्व गरी नेपालका तर्फबाट प्राविधिक विषयमा समेत भाग लिइरहेको मन्त्री शाहीले बताए ।

सम्मेलनकै दौरानमा मन्त्री शाहीसँग बांगदेशका वन, वातावरण र जलवायु परिर्वतनसम्बन्धी मन्त्री स्येदा रिजवाना हसन, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका विशेष सल्लाहकार सेल्विन हार्ट, ‘वल्र्ड ग्रिन इकोनोमी अर्गनाइजेसन’ ९डब्ल्यूजीईओ० का अध्यक्ष सईद मोहम्मद अल ताएर, संयुक्त अधिराज्यका जलवायु परिवर्तनसम्बन्धी मन्त्री केरी एमसिक्याथ्री, संयुक्त अधिराज्यका जलवायु परिवर्तनसम्बन्धी विशेष प्रतिनिधि रिचेल क्याथे, एसियाली विकास बैंकका महानिर्देशक रमेश सुब्रमन्यमलगायतको छुट्टाछुट्टै उच्चस्तरीय भेटवार्ता भएको थियो ।

सो भेटवार्तामा मन्त्री शाहीले नेपालको हित र चासोका विषयका साथै आफ्ना मुद्दाका बारेमा समेत कुरा गरेको जानकारी गराए । कोप–२९ सम्मेलनमा अनुकूलन, हानिनोक्सानी, जलवायु वित्त, प्रविधि विकास र हस्तान्तरण क्षमता विकास, अल्पविकसित राष्ट्रहरूको विषय, जलवायु प्रतिकार्य कार्यान्वयनको प्रभाव, पेरिस सम्झौताको दफा ६ सहित सो सम्झौतामा उल्लेखित मापन महासन्धिको दिर्घकालीन विश्वव्यापी लक्ष्य प्रगतिलगायत विषयमा छलफल बढी केन्द्रित भइरहेको छ ।

मन्त्री शाहीले को–२९ सम्मेलनमा नेपालले प्राथमिकता दिएर राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपालले सहभागिता जनाएको बताउँदै अपेक्षित उपलब्धि हासिल गर्न सबैको सहयोग र समन्वय आवश्यक रहेकामा जोड दिए । साथै उनले नेपालले उठाउँदै आएका जलवायु न्यायका विषयलाई सशक्त बनाउन सरकारी निकायका साथै नागरिक समाज, सञ्चारकर्मी, गैरसरकारी संस्था सबैको सहयोग हुने आशा व्यक्त गरे ।

महासन्धिका पक्षराष्ट्रहरूको २९‍ औँ सत्र ९को–२९ सँगसँगै पेरिस सम्झौताका पक्षराष्ट्रहरूको छैटौँ सत्र ९सिएमए–६० र क्योटो अभिसन्धिका पक्षराष्ट्रहरूको १९औँ सत्र सिएमपि–१९लगायत एसबिएसटिए–६रएसबीआई–६१ सत्रहरुसमेत सञ्चालित छन् । कोप–२९ सम्मेलनको गत कात्तिक २६ गते भव्य समारोहकाबीच उद्घाटन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टी फुटको संघारमा पुगेका बेला शेखर कोइराला के गर्दैछन् ? (भिडियो)

काठमाडौंका विभिन्न स्थानमा आज विद्युत कटौती हुने

सम्बन्धित

पार्टी फुटको संघारमा पुगेका बेला शेखर कोइराला के गर्दैछन् ? (भिडियो)

आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेसमा अन्तिम घडीको ड्रामा: देउवा र महामन्त्रीद्वय बीच निर्णायक भेट, फुट टार्ने वा निर्वाचनबाटै नयाँ नेतृत्व ?

नकावधारी समूहले लुटे बैंकको ३ करोड, चालक प्रहरी नियन्त्रणमा

कांग्रेस विभाजनको संघारमा: सहमति खोज्न शीर्ष नेताहरुले अन्तिम प्रयास गर्दै

शुक्लागण्डकी हत्या प्रकरण: पक्राउ परेका व्यक्तिले स्वीकार गरे अभियोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com