ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी पहिरोका कारण भएको क्षतिमा ११ अर्ब ८२ करोड रुपैयाँ बराबरको बिमा दाबी- भूक्तानीमा ढिलाइ


एबीसी न्यूज

काठमाडौं ४ मंसिर । गएको असोज १०, ११ र १२ को अविरल वर्षापछिको बाढी पहिरोका कारण भएको क्षतिबाट ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० रुपैयाँ बराबरको बिमा दाबी गरिएको छ ।

नेपाल बिमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये गएको कात्तिक मसान्तसम्म ६१ करोड सात लाख ९३ हजार तीन सय ८७ रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ । बिमा दाबी गर्दै तीन हजार चार सय १८ वटा निवेदन प्राप्त भएका छन् ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको छ । योे कम्पनीमा पाँच सय एक दाबीका आवेदन परेका छन् । दी ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा एक सय ७६, सगरमाथा लुम्बिनीमा तीन सय ७७, हिमालयन एभरेष्ट दुई सय ४३, नेकोमा दुई सय १९, यूनाइटेड अजोडमा तीन सय २३, सानिमा जीआईसीमा दुई सय १७, आईजीआई प्रुडेन्सियलमा दुई सय ९६ दाबी परेका छन् ।

त्यस्तै, नेशनल इन्स्योरेन्समा ८६, एनएलजीमा एक सय ७२, नेपाल इन्स्योरेन्समा एक सय ७६, प्रभु इन्स्योरेन्समा एक सय ३७, राष्ट्रिय बिमा कम्पनीमा १७, स्टार माइक्रो इन्स्योरेन्समा १०, ट्रष्ट र नेपाल माइक्रो इन्स्योरेन्समा समान चाररचार वटा दाबी पर्दा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा सात दाबी निवेदन परेका छन् ।

कूल दाबीमध्ये नौ सय दुई वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ । कूल एक हजार छ सय ५३ वटा सम्पत्ति बिमा दाबी गरिएकामा तीन सय ९८ वटाको भुक्तानी भएको छ । कूल सम्पत्ति बिमा दाबी आठ अर्ब ७५ करोड ८७ लाख ५१ हजार दुई सय ३४ रुपैयाँ भएकामा ४६ करोड ७० लाख ९७ हजार सात सय ८० रुपैयाँ मात्रै भुक्तानी भएको छ ।

इञ्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ तीन सय चार वटा दाबी परेका छन् । विशेष गरी बाढीपहिरोका कारण जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । अधिकांश ऊर्जा उत्पादक केन्द्रले बिमा गर्ने भएकाले पनि यो शीर्षकमा परेको दाबी भुक्तानीका लागि व्यवसायीहरुले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत ध्यानाकर्षण गराएका छन् ।

दाबी भएकामध्ये ३८ वटाको तीन करोड ११ लाख २८ हजार पाँच सय ५५ रुपैयाँ मात्रै भुक्तानी भएको छ । मोटर बिमा निजीतर्फ आठ सय ८७ दाबी परेकामा दुई सय ८० को छ करोड १६ लाख ९७ हजार रुपैयाँ पाँच सय ८७ भुक्तानी भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।

मोटर बिमा सार्वजनिकतर्फ तीन सय ५० दाबी हुँदा ९१ वटाको ४३ करोड दुई हजार एक सय ७७ रुपैयाँ बराबरको भुक्तानी भएको छ । पशुपन्छी बिमा ५१ दाबी पर्दा २१ वटाको २४ लाख ९२ हजार आठ सय ५४ रुपैयाँ मात्रै भुक्तानी भएको छ ।

त्यस्तै, समुद्री बिमा २२ को दाबी पर्दा दुईको भुक्तानी भएको छ । कृषि बाली बिमातर्फ एक सय ३१ को दाबी हुँदा ६५ को भुक्तानी भएको छ । विविधतर्फ २० को दाबी पर्दा सातको भुक्तानी भएको छ ।

प्राधिकरणका अनुसार कोसी प्रदेशमा दुई सय ५१, मधेसमा एक सय एक, बाग्मतीमा दुई हजार नौ सय ६८, गण्डकीमा ३३, लुम्बिनीमा ४८, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० वटा बिमा दाबी भएको छ ।

अविरल वर्षाका कारण ठूलो मात्रामा जनधनको क्षति भए पनि बिमाको पहुँच नहुँदा कम मात्रैले दाबी गर्न सक्ने अवस्था रहेको छ । वर्षाका कारण सबैभन्दा बढी प्रभावित भएको प्रदेश बाग्मतीमा भएकाले पनि दाबी बढी परेको प्राधिकरणले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सभापति देउवा टिकटमा हस्ताक्षरबाट ब्याक हुन तयारः फेरि वार्तामा बस्ने महामन्त्रीद्धय

पार्टी फुटको संघारमा पुगेका बेला शेखर कोइराला के गर्दैछन् ? (भिडियो)

सम्बन्धित

सभापति देउवा टिकटमा हस्ताक्षरबाट ब्याक हुन तयारः फेरि वार्तामा बस्ने महामन्त्रीद्धय

पार्टी फुटको संघारमा पुगेका बेला शेखर कोइराला के गर्दैछन् ? (भिडियो)

आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेसमा अन्तिम घडीको ड्रामा: देउवा र महामन्त्रीद्वय बीच निर्णायक भेट, फुट टार्ने वा निर्वाचनबाटै नयाँ नेतृत्व ?

नकावधारी समूहले लुटे बैंकको ३ करोड, चालक प्रहरी नियन्त्रणमा

कांग्रेस विभाजनको संघारमा: सहमति खोज्न शीर्ष नेताहरुले अन्तिम प्रयास गर्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com