ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इंग्ल्याण्डका सेफ अली जेबले सुदूरपश्चिमबाट एनपीएल खेल्ने


एबीसी न्यूज
कार्तिक ८, २०८१ बिहीबार  १ : २१ बजे

काठमाडौं ८ कात्तिक । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग ९एनपीएल० ला लागि इंग्ल्याण्डका सेफ अलि जेबलाई अनुबन्ध गरेको छ ।

सुदूरपश्चिमले बिहीबार जेबलाई अनुबन्ध गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

२६ वर्षीय बायाँ हाते ब्याटिङ अलराउन्डरले अहिलेसम्म राष्ट्रिय टिमबाट खेलेका छैनन् । तर, उनीसँग इंग्ल्याण्डको घरेलु काउन्टी क्रिकेट खेलेको अनुभव छ ।

उनले बकिमह्याम्पसायर र नर्थह्याम्पसायरबाट इंग्लिस काउन्टी क्रिकेट खेलेका छन् ।

जेबले अहिलेसम्म ७४ टी२० खेल खेलेका छन् । जसमा उनको उच्च स्कोर ९२ नर हो ।

सुदूरपश्चिम रोयल्सले दोस्रो विदेशी खेलाडीको रुपमा जेबलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिमले यसअघि स्कटिस अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई अनुबन्ध गरिसकेको छ ।

दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् भने अस्ट्रेलियाबाट टी(२० विश्वकप जितेका पूर्वक्रिकेटर ब्राड हजलाई प्रमुख मेन्टरमा अनुबन्ध गरेको छ ।

एनपीएलको पहिलो संस्करण आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ । जसमा ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

सुदूरपश्चिम रोएल्स टिम

दीपेन्द्र सिंह ऐरी मार्की प्लेअर, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाएर, भोजराज भट्ट, नरेन साउँद, अमित श्रेष्ठ, ब्रान्डन म्याकमुलेन, सेफ अलि जेब

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com