ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्सनल बर्नमाउथसँग पराजित


एबीसी न्यूज

काठमाडौं ४ कात्तिक । प्रिमियर लिगमा एएफसी बर्नमाउथले आर्सनलको अपराजित यात्रामा ब्रेक लगाएको छ । बर्नमाउथले गएराति १० खेलाडीमा समेटिएको आर्सनललाई २(० ले पराजित गरेको हो ।

बर्नमाउथका लागि जस्टिन क्लुइभर्टले एक गोल र एक असिस्ट गरे । राएन क्रिस्टिइले अर्को गोल गरे ।

खेलको ३०औं मिनेटमा विलियन सालिबाले रातो कार्ड पाएपछि आर्सनल दश खेलाडीमा समेटिएको थियो । भिएआरको सहयोगमा सालिबालाई रातो कार्ड देखाइएको थियो ।

त्यसको फाइदा उठाउदै बर्नमाउथले दोस्रो हाफमा दुई गोल गरेको हो ।

खेलको ७०औं मिनेटमा राएन क्रिस्टिइले क्लुइभर्टको पासमा गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए । क्लुइऐर्टले ७९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बर्नमाउथको अग्रता दोब्बर पारेका थिए ।

हारपछि आर्सनलले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । ८ खेलबाट १७ अंकसहित आर्सनल तेस्रो स्थानमा छ । बर्नमाउथ जितपछि ८ खेलबाट ११ अंक जोडेर दशौँ स्थानमा उक्लेको छ ।

प्रिमियर लिगकै अन्य खेलमा म्यानचेष्टर युनाइटेडले ब्रेन्टफोर्डलाई २(१ ले पराजित गर्दा टोटनहमले वेष्टहमलाई ४(१ ले हरायो ।

एस्टन भिल्लाले फुलहमलाई ३(१ ले, एभरटनले इप्स्विच टाउनलाई २(० ले, लेस्टर सिटीले साउथह्याम्पटनलाई ३(२ ले र ब्राइटनले न्यूकासल युनाइटेडलाई १(० ले हरायो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com