ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कान्तिपुरको अवहेलना मुद्धाको सुनुवाई बृहत् पूर्ण इजालसले गर्ने


admin
फाल्गुन २२, २०७४ मंगलबार   ६ : ४७   बजे

काठमाडौं, २२ फागुन । कान्तिपुरविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको सुनुवाई गर्न सर्वोच्च अदालतको संयुक्त इजलासले मुद्धालाई पूर्ण तथा बृहत् पूर्ण इजलासमा पठाएको छ।

संयुक्त इजलासले सो मुद्धा संवैधानिक व्याख्याको विषय भएको भन्दै बृहत् पूर्ण इजलासमा पठाएको हो।

आइतबारदेखि जारी बयान टुंग्याउँदै मंगलबार सर्वोच्चले यस्तो आदेश सुनाएको हो। न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासमा तीन दिनदेखि बयान चलेको थियो।

विपक्षीहरुले बयानका क्रममा अदालतको प्रतिष्ठामा आँच आउने कार्य नगरेको बताएको सर्वोच्चको आदेशमा भनिएको छ।

‘अदालतको अहवेलना सम्वन्धी विधिशास्त्रीय सिद्धान्त र यसको मान्यतालाई बृहत् व्याख्या हुनुपर्ने देखियो’, आदेशमा भनिएको छ, ‘विषयको गम्भीरतालाई ध्यान दिई उक्त मुद्दाको सुनुवाइ पूर्ण वा बृहत् पूर्ण इजलासबाट हुनुपर्ने देखिन्छ।’

आइतबार कान्तिपुर दैनिकका निर्देशक स्वस्तिका सिरोहियाको बयान लिइएको थियो भने बाँकी कान्तिपुर मिडिया गुप्रका अध्यक्ष कैलाश सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा र संवाददाता कृष्ण ज्ञवालीको बयान मंगलबार लिइएको थियो।

कान्तिपुरमा प्रकाशित ‘प्रधानन्यायाधीश पराजुलीको चार वटा जन्ममिति’ शीर्षकको समाचारबाट अदालतको अवहेलना भएको भन्दै अधिवक्ता तोयानाथ ढुंगानाले गत फागुन १३ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए।

उक्त मुद्दामा पहिलो सुनुवाइ प्रधानन्यायाधीश गोपाल पराजुली आफैंले गर्दै विपक्षीहरुलाई तीन दिनभित्र उपस्थित हुन आदेश जारी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै

जडीबुटीमा गोली चलाएर प्रहरीले लुटेरालाई समात्यो

सम्बन्धित

टिकटकर तुलसा अधिकारी पक्राउ

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै

राप्रपा फुटको संघारमा, कार्यकर्तालाई एकजुट हुन तीन पूर्वअध्यक्षको अपिल

विद्युत् उपभोगमा भ्याट लगाएर जनताको ढाड सेक्न खोजियो : शङ्कर पोखरेल

विद्युतीय सवारीमा ‘करको प्रहार’: वातावरणमैत्री नीति कि उपभोक्तामाथि दोहोरो मार?

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group