ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीको काँधमा थप जिम्मेवारी : मुख्यमन्त्री शाह


एबीसी न्यूज
आश्विन ३०, २०८१ बुधबार  १२ : ४९ बजे

काठमाडौं ३० असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुलुक सङ्घीयतामा गएपछि प्रहरीको काँधमा थप जिम्मेवारी थपिएको बताउनुभएको छ ।

६९ औं प्रहरी दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले आज आयोजना गरेको समारोहमा उहाँले सङ्घीयतामा प्रहरीको जिम्मेबारी बढेको बताउनुभएको हो । सीमित स्रोत, साधनका बावजुद प्रहरीले आफ्नो जिम्मेवारी पूरा गरिरहेको मुख्यमन्त्रीको भनाइ छ ।

“कानुनले दिएको जिम्मेवारी प्रहरीले सौहार्दतापूर्वक निर्वाह गरिरहेको छ”, उहाँले भन्नुभयो, “कानुन कार्यान्वयनको क्रममा प्रहरी अविचिलित रुपमा अगाडि बढ्दै छ ।” शान्ति, सुरक्षा, अमनचयन कायमदेखि लिएर विपत्मा परेकाहरुको खोज, उद्धारमा नेपाल प्रहरीको काम प्रशंसनीय रहेको मुख्यमन्त्री शाहको भनाइ छ ।

सङ्घीय सरकारले कतिपय ऐन, कानुन नबनाउँदा प्रदेशले समस्या भोगिरहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले प्रहरी समायोजन हुन्छ वा हुन्न, त्यो विषयमा सङ्घ सरकारले जवाफ दिनुपर्ने औंल्याउनुभयो । प्रहरी समायोजन हुन्छ भने सङ्घ सरकारले चाँडै प्रक्रिया अगाडि बढाउनुपर्ने र समायोजन हुँदैन भने विकल्प खोज्नुपर्ने मुख्यमन्त्री शाहको जिकिर छ ।

उहाँले न्यायका लागि जनता सबैभन्दा पहिले प्रहरीसमक्ष पुग्ने गरेको भन्दै थप्नुभयो, “प्रहरीले आफ्नो कर्तव्य र दायित्व भुल्नुहुँदैन ।” कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक श्यामकृष्ण अधिकारीले नेपाल प्रहरीलाई प्रदेश सरकारबाट धेरै सहयोग भइरहेको भन्दै आभार व्यक्त गर्नुभयो ।

दिवसको अवसरमा इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापा, ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक गङ्गाबहादुर सारु, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक दयालबहादुर साउद, गङ्गाबहादुर थापालाई पुरस्कृत गरिएको छ ।

यसैगरी, प्रहरी वरिष्ठ हवल्दार सुरेन्द्रबहादुर चन्द, राजेन्द्र विष्ट, देवराज कामी, नरेन्द्रबहादुर बम, प्रहरी जवान हेमराज विष्ट र सुस्मिताकुमारी रोकाया पनि पुरस्कृत हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इराकमा अमेरिकी इन्धन भर्ने सैन्य विमान दुर्घटनाग्रस्त, मध्यपूर्व युद्ध झन् चर्कियो

चुनावको मुखमा दल बदल निषेध गर्ने कानुनी व्यवस्था मिलाउन सुझाव

सम्बन्धित

राहदानी वितरण केही साता बन्द हुने

आज शुक्रबारदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक

आकाशमै इन्धन भर्न परिचालित अमेरिकी सैन्य विमान इराकमा दुर्घटना

इराकमा अमेरिकी इन्धन भर्ने सैन्य विमान दुर्घटनाग्रस्त, मध्यपूर्व युद्ध झन् चर्कियो

चुनावको मुखमा दल बदल निषेध गर्ने कानुनी व्यवस्था मिलाउन सुझाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com