ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इयूको कालो सूचीबाट हटाउन प्राधिकरणको पहल


admin
श्रावण १०, २०७४ मंगलबार  ८ : १२ बजे

ठमाडौँ, १० साउन । युरोपेली सङ्घ (इयू)को हवाई सुरक्षा ‘कालोसूची’मा परेको नेपालको हवाई उडान खुलाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्रक्रिया अघि बढाएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को गम्भीर सुरक्षा चासो सूची (एसएससी)बाट मुक्त भएलगत्तै क्यानले इयूको सूचीबाट पनि मुक्त गराउन पहल थालेको हो । आइकाओले सन् २०१३ (२०६९÷७०) देखि नेपालमाथि लगाएको एसएससीलाई यही २० जुलाई २०१७ (२०७४ साउन ५) मा औपचारिक रुपमा हटाएको थियो ।

क्यानको प्रगति प्रतिवेदनका आधारमा इयूलाई यही साता पत्राचार गरिने क्यानका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिनुभयो । “हामीले एक÷दुई दिनभित्रै प्रगति प्रतिवेदन पठाउछौँ, तर त्यसैको आधारमा निर्णय हँदैन । आगामी नोभेम्बर (कात्तिक)मा बस्ने इयूको हवाई सुरक्षा समिति (सेफ्टी कमिटी)को बैठकले निर्णय गर्छ,” उहाँले भन्नुभयो ।

इयूका छब्बिस वटै राष्ट्रका प्रतिनिधि सहभागी रहने समितिको बैठक शक्तिशाली फोरम मानिन्छ । त्यसबाट निर्णय भएपछि मात्र नेपाल इयूको कालो सूचीबाट हट्नेछ । आइकाओको सुरक्षा सूचीमा परेलगत्तै इयूले पनि नेपाललाई कालो सूचीमा राखेको थियो ।

नेपाल २०७० मङ्सिर २० देखि इयूको कालो सूचीमा छ जसका कारण नेपाली वायु सेवालाई युरोपको आकासमा उडान गर्न प्रतिबन्ध लागेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

ट्रम्पको अल्टिमेटम सकिन लाग्दा इरानसँग वार्ताको ‘अफ-र्याम्प’

सम्बन्धित

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com