ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानमा भएको आक्रमणको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा


एबीसी न्यूज
आश्विन २३, २०८१ बुधबार  ३ : १७ बजे

काठमाडौं २३ असोज । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा आइतबार राति भएको आतङ्कवादी हमलाको कडा निन्दा गरेको छ । आक्रमणमा दुई जना चिनियाँलगायत धेरैजना पाकिस्तानी नागरिकको मृत्यु हुनुका साथै कयौँ पाकिस्तानी नागरिकहरू घाइते भएका छन् ।

सुरक्षा परिषद्का सदस्यहरूले “जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल, कराँची, पाकिस्तान नजिकै भएको हमलाको एक विज्ञप्तिमार्फत निन्दा गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “पीडित परिवार तथा चीन र पाकिस्तानका सरकारप्रति समवेदना व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।”

परिषद्का सदस्यहरूले आतङ्कवादको सबै रूप तथा अभिव्यक्ति अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि गम्भीर खतरा भएको दोहोर्‍याउँदै आतङ्कवादमा अपराधी र प्रायोजकलाई जवाफदेही बनाउन कानुनी दायरामा ल्याउन आवश्यक रहेको उल्लेख गरेका छन् ।

यसैगरी अधिकारीहरुले सबै राज्यहरूलाई अन्तर्राष्ट्रिय कानून र सुरक्षा परिषद्का प्रस्ताव अन्तर्गतका दायित्वहरू अनुसार चीन र पाकिस्तानका सरकारसहित अन्य सान्दर्भिक अधिकारीहरूसँग सक्रिय रूपमा सहयोग गर्न आग्रह गरेका छन् ।

सुरक्षा परिषद्का सदस्यहरूले आतङ्कवादको कुनै पनि कार्य आपराधिक र अन्यायपूर्ण रहेको ठहर गर्दै सबै राष्ट्रहरूले संयुक्त राष्ट्रको बडापत्र र अन्तर्राष्ट्रिय कानुन अन्तर्गतका अन्य दायित्व अवलम्बन गर्दै आतङ्कवादले अन्तर्राष्ट्रिय शान्ति–सुरक्षामा हुने खतराविरुद्ध लड्नुपर्ने आवश्यकतामा जोड दिए ।

उक्त आतङ्कवादी हमलाको प्रतिबन्धित सङ्गठन बलुचिस्तान लिबरेसन आर्मीले जिम्मेवारी लिइसकेको छ । राससरसिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद, को–को परे ?

ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

सम्बन्धित

नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद, को–को परे ?

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

अब बन्ने सरकारले भदौ २३ र २४ को नियति भोग्न नपर्ने ग्यारेन्टी दिनुपर्छ – बम

पार्टीको संसदीय दलको नेता छान्न केही समय लाग्छ– मनिष झा

ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की

रास्वपाले समानुपातिक सांसदको नाम सार्वजनिक नगर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com