ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिजबुल्लाहाका मुख्य कमाण्डर हसन नस्रल्लाहको हत्या ! अहिले सम्म के के भयो ?


ABC News

काठमाडौं (विभिन्न एजेन्सी) १२ असोज । इजरायली सेनाले शुक्रबार बेरुत नजिकै हिजबुल्लाहा संगठनको भूमिगत मुख्यालयमा हवाई आक्रमण गर्दा हेजबुल्लाहका मुख्य नेता हसन नस्रल्लाहको हत्या गरेको शनिबार बताएको छ।

हेजबुल्लाहले इजरायली दाबीप्रति कुनै टिप्पणी नगरेको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । नस्रल्लाहको मृत्यु भएको पुष्टि भएमा विगत दुई हप्तामा इरान समर्थित समूह विरुद्ध इजरायलको द्रुत गतिमा विस्तार भइरहेको अभियानमा ठूलो सपलता मानिनेछ । पछिल्लो समय इजरायलले गाजामाथिक आक्रमणसँगै लेवनानमा रहेको हतियारधारी समूहमाथि आक्रमण थालेपछि मध्यपुर्वमा सम्पूर्ण क्षेत्रीय युद्धमा सर्ने खतरा निम्त्याएको बताइएको थियो ।

इजरायली सेनाको घोषणाको केही समयपछि, जेरुसेलमको उत्तरमा इजरायली बस्तीहरूमा हवाई आक्रमणको साइरन बजेको न्यूर्योक टाइम्सले उल्लेख गरेको छ ।

 

नस्रल्लाहको मृत्यु भएको घोषणा गर्दै जारी विज्ञप्तिमा इजरायली सेनाले हेजबुल्लाहको दक्षिणी मोर्चाका कमान्डर अली काराकी र अन्य हेजबुल्लाह नेताहरू मारिएको बताएको छ। काराकी यस हप्ताको सुरुको एक आक्रमणबाट बालबाल बचेका थिए ।

सैन्य प्रमुख, लेफ्टिनेन्ट जनरल हर्जी हलेवीले घोषणा पछि इजरायली टेलिभिजनमा प्रसारण गरिएको रेकर्ड गरिएको बयानमा भनेका छन् ूजसले इजरायल राज्यलाई धम्की दिन्छ, हामी तिनीहरूसम्म कसरी पुग्ने भनेर जान्दछौं–चाहे उत्तरमा, दक्षिणमा, वा अझ टाढाका स्थानहरूमा पनि नहोस्े।ू

इजरायली गुप्तचर एजेन्सीहरूले शुक्रबारको आक्रमण पछि प्रारम्भिक रूपमै नस्रल्लाह मारिएको दावी गरेका थिए । आक्रमणमा प्रयोग गरिएको बमको संख्या र आकार तथा हिजबुल्लाह भित्रबाट जम्मा गरिएको जानकारीको आधारमा, पाँच इजरायली अधिकारीहरूले गुप्तचर रिपोर्टहरूमाथि छलफल गर्न नाम न छाप्ने सर्तमा मिडिािमा बोलेका थिए।

शनिबार बिहान, त्यस क्षेत्रका बासिन्दाहरूलाई भाग्न चेतावनी दिएपछि, इजरायली सेनाले दहिया भनेर चिनिने हिज्बुल्लाह–बहुल क्षेत्रमा नयाँ हवाई आक्रमणको शृङ्खला सुरु गरेको छ । इजरायली सेनाले हिजबुल्लाहको हतियारको भण्डार नष्ट गर्ने उद्देश्यले आक्रमण गरिएको बताएको छ।

अहिलेसम्म के के भयो ?

मृतकको सङ्ख्याः लेबनानको स्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ इजरायली आक्रमणबाट कम्तिमा छ जनाको मृत्यु भएको र ९० भन्दा बढी घाइते भएको बताएको छ । तर त्यो सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ।

यूएनमा इजरायली नेता :  आक्रमणको केही समय अगाडि, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युएन महासभामा एक अवज्ञापूर्ण भाषण गरेका थिए श्र लेबनानमा गाजा र हेजबुल्लाहमा हमासको बिरूद्ध युद्धविरामको लागि अन्तर्राष्ट्रिय आह्वानको बावजुद युद्ध जारी राख्ने उनले चेतानवी दिएका थिए ।

ह्वाइट हाउसः राष्ट्रपति बाइडेनले मध्यपूर्वको पछिल्लो घटनाक्रमका बारेमा नियमित अपडेटहरू प्राप्त गरिरहेको बताइएको छ ।
आपतकालीनरुपमा लेवनानी नेता स्वदेश फिर्ताः लेबनानका कार्यवाहक प्रधानमन्त्री नजीब मिकातीले बेरुत फर्कनको लागि यूएन महासभामा आफ्नो बैठकहरू छोट्एका छन । नेतान्याहु शुक्रबार साँझ यहुदी विश्रामका दिनमा इजरायल फर्केका छन् । यो अत्यन्त असामान्य कदम हो।

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले शुक्रबार राति सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाएका छन्। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख इब्राहिम अजिजीले इजरायलले ूआफूविरुद्ध नर्कको ढोका खोलेकोू चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com