ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवन उपप्रम पौडेलबाट शिलान्यास


ABC News

 

बुटवल १५ भदौ । लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले सुविधा सम्पन्न भवनको शिलान्यास गरिएको छ । आज बिहान उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो भवनको शिलान्यास गरेका हुन्।

६ अर्ब १८ करोड बढीको लागतमा निर्माण हुने सो अस्पताल लुम्बिनी प्रदेशको ड्रिम प्रोजेक्ट हो । प्रदेशको गौरवको आयोजनाको रूपमा रहेको प्रादेशिक अस्पताल नयाँ भवन निर्माण प्रक्रिया अघिल्लो आर्थिक वर्षमा सुरु भए पनि भवनको औपचारिक शिलान्यास भएको थिएन ।

प्रदेश सरकारका चार वटा गौरवको आयोजनामध्ये लुम्बिनी प्रादेशिक अस्पताल निर्माण पनि महत्त्वपूर्ण आयोजना हो । २०७६ सालमा तत्कालीन सरकारले ड्रिम प्रोजेक्टको रूपमा सो अस्पताल भवन निर्माणको कामलाई अघि बढाउने प्रक्रिया थालेको थियो ।

लुम्बिनी प्रदेशका बिरामी विशेषज्ञ उपचार सेवा लिन काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गर्नेगरी सो अस्पताललाई एक हजार दुई सय र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई ६ सय श्ययाको अस्पताल बनाउने प्रक्रिया अघि बढेको थियो । प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको लागि चालू आर्थिक वर्षमा एक अर्ब ८० करोड बजेट समेत विनियोजन गरेको छ ।

लुम्बिनी प्रदेश सरकारको लागतमा टेन्डर प्रक्रिया सम्पन्न भई पुरानो संरचना हटाएर नयाँ संरचना निर्माणको काम समेत सुरु भएको छ । अस्पताल भवन निर्माणका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ ।

भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनी आशिष रेलिगशनसँग संयुक्त रूपमा काम गर्ने गरी २०८० पुस २६ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले जानकारी दिए।

 

अस्पतालको नयाँ बन्ने भवनमा बहिरङ्ग सेवा (ओपिडी) आपतकालीन सेवा (इमर्जेन्सी), इनडोर सर्भिस कक्ष रहनेछन् । ग्याष्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुनेछन् । भवनको माथि हेलिप्याड रहने छ भने हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ । क्यान्सर उपचारका लागि भने अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन बन्ने इन्जिनियर पोख्रेलले जानकारी दिए।

३१ वर्ष बुटवल फूलबारीबाट सञ्चालन भएको अस्पताललाई १९९८ सालमा हाल रक्तसंचार गृह रहेको स्थानमा सारिएको थियो। हाल  रहेको स्थानमा भने २०१६ सालमा भवन निर्माण गरी सारिएको थियो।

फराकिलो स्थानबाट सेवा सुरु गरिएपछि २०२४ सालमा ५० शैय्या र्पुयाएर लुम्बिनी अञ्चल अस्पताल बनाइएको थियो। अञ्चल अस्पताल बनेपछि बिरामीको चाप बढ्दै गयो र २०५० सालमा १ सय शैय्या र्पुयाइयो।

२०७५ साल माघमा लुम्बिनी प्रदेश सरकार मातहत आएपछि लुम्बिनी प्रादेशिक अस्पताल बनेपछि अहिले आइपुग्दा अस्पतालमा ५२० शैय्या पुगेको छ।

अस्पतालमा १२७ जना चिकित्सक (विशेषज्ञ र मेडिकल अधिकृत), २९४ नर्सिङ कर्मचारी, १५७ पारामेडिक्स कर्मचारी, २८ जना प्रशासनिक कर्मचारी, १८९ जना कार्यालय सहयोगीरसरसफाइकर्मी, २६ जना सुरक्षागार्ड तथा २८ जना अन्य गरी ८५१ जना कार्यरत छन्।

अस्पतालको नयाँ भवन निर्माण सम्पन्न भई सेवा संचालन भएपछि बुटवल स्वास्थ्यको हबको रुपमा स्थापित हुन सक्ने अपेक्षा गरिएको छ।

दैनिक २ हजारदेखि बाइस सयसम्म बिरामीहरु उपचारका लागि आउने यो अस्पतालमा सामान्य अवस्थामा पनि ८० प्रतिशत बढी शैय्याहरू बिरामीले भरिने गर्छन्।

सरकारी ३ सय र अस्पताल विकास समितिमार्फत् एक सय गरी ४ सय बेडको मात्र स्वीकृति पाएको अस्पतालमा बिरामीहरुको अत्यधिक चापका कारण १२४ बेड थप गरी ५२४ बेडबाट बिरामीहरुलाई सेवा प्रदान भइरहेको छ।

अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालले लुम्बिनी प्रदेशका मात्र नभई अन्य प्रदेशका समेत गरी ४० लाख जनसंख्यालाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।

श्रेष्ठका अनुसार अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा ओपिडीमार्फत ३ लाख ४८ हजार ९७१ जना विरामीले सेवा लिएका छन्। त्यस्तै २६ हजार ९०८ विरामीले भर्ना भएर सेवा लिएका छन्।

पछिल्लाा तीनवर्ष यता बर्सेनि ५० हजारको हाराहारीमा ओपिडीमार्फत सेवा लिने बिरामीहरुको संख्या बढिरहेको छ। इमर्जेन्सीमा पनि गत आर्थिक वर्षमा ७२ हजार २४४ जना विरामीले सेवा लिएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com