ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिविमा भइरहेको गुण्डागर्दी हटाउन शिक्षामन्त्रीको अपिलः ‘सुरक्षा प्रबन्ध गर्न गृहमन्त्रीसँग जोडदार माग गर्छु’


abc tv

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा गुण्डागर्दी बढेको भन्दै गृहमन्त्री रमेश लेखकसँग सुरक्षाको जोडदार माग गरेकी छन् ।

त्रिवि पदाधिकारीहरुमाथि हमला गर्न खोज्ने, प्राध्यापकहरुलाई धम्की दिएको भन्दै शिक्षामन्त्री भट्टराईले त्रिविमा सुरक्षाका लागि व्यवस्थित प्रवन्ध गर्न गृहमन्त्रीसँग माग गरेका हुन् ।

‘गुण्डागर्दी गर्ने छुट कसैलाई छैन’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, ‘यस्तो क्रियाकलापमा संग्लग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याई कारवाही गर्न समेत म गृहमन्त्रालयलाई गम्भिरताकासाथ अनुरोध गर्दछु ।’

फेसबुकमा उनले लेखेका छन्, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरु माथि हमला गर्न खोज्ने र प्राध्यापकहरुलाई फोन गर्दै धम्कि दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु । गुण्डागर्दी गर्ने छुट कसैलाई छैन । यस्तो क्रियाकलापमा संग्लग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याई कारवाही गर्न समेत म गृहमन्त्रालयलाई गम्भिरताकासाथ अनुरोध गर्दछु ।’

केही दिनदेखि त्रिविमा नेविसंघ आवद्ध विद्यार्थीहरुले गुण्डागर्दी शैलीमा त्रिवि पदाधिकारीलाई धम्क्याउने, धम्की दिने लगायतका गतिविधि गरेको भन्दै व्यापक विरोध जनाउँदै आएको छ । गृहमन्त्री लेखकले त्यस्ता गुण्डागर्दीलाई छुट दिएको भन्दै गृहमन्त्रीको व्यापक आलोचना समेत हुँदै आएको छ ।

शिक्षामन्त्रीले सामाजिक सञ्जालमार्फत नै सुरक्षाको माग गरेपछि ‘आवेग’मा यस्तो लेखिएको टिप्पणी भएका थिए । तर आफूले कुनै आवेगमा आएर नलेखेको उनले स्पष्ट पारेकी छन् ।

विगत पाँच दिनदेखि लगातार समन्वय गर्दा पनि धम्की दिने काम नहटेपछि सार्वजनिक अपिल गर्नुपर्ने भएरै आफूले सामाजिक सञ्जालमा लेखेको स्पष्ट पारेकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘यहाँहरुले मलाई महत्वपूर्ण सुझाव दिनु भएकोमा आभारी छु । मैले सार्बजनिक अपिल गर्नु पर्ने भएर नै गरेको हुँ । कुनै आवेगमा आएर लेखेको होइन । विगत ५ दिन देखि लगातार सम्पर्क र समन्वय गरेको कुरा समेत जानकारी गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com