ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यु–२० फुटबलको कप्तानमा कुशल


एबीसी न्यूज
श्रावण ३२, २०८१ शुक्रबार  २ : ०७ बजे

काठमाडौैं ३२ साउन । अखिल नेपाल फुटबल सङ्घ एन्फा ले आइतबारदेखि सुरु हुने यु–२० साफ च्याम्पियनसिप फुटबलमा नेपाली टोलीको कप्तानको जिम्मेवारी कुशल देउजालाई दिएको छ ।

प्रशिक्षक उर्जन श्रेष्ठले युथ फुटबलमा उत्कृष्ट प्रदर्शन गरिरहनुभएका कुशललाई कप्तान नियुक्त गर्नुभएको हो । मिडफिल्डर उहाँले यसअघि नेपाली यु–१९ टोलीबाट खेलिसक्नुभएको छ । यस्तै उहाँले गतवर्ष भएको नेपाल सुपर लिग ९एनएसएल० मा ललितपुर सिटी एफसीबाट सिनियर टोलीमा पनि खेल्नुभएको थियो । ललितपुरले उपाधि समेत जितेको थियो ।

यु–२० साफ च्याम्पियनसिप आइतबारदेखि काठमाडौँमा सुरु हुँदैछ । यसअघि दशरथ रङ्गशालामा गरिने तचय भएको यस प्रतियोगिता दशरथ रङ्गशाला बिग्रिएका कारण एन्फा मैदान सातदोवाटोमा सञ्चालन गरिने तयारी गरिएको छ ।

एन्फाले सेमिफाइनल र फाइनल खेल भने दशरथ रङ्गशालामा खेलाउने तयारी गरेको छ । एन्फाका अनुसार दशरथ रङ्गशालामा खेल हुन सक्ने या नसक्ने विषयमा साफका म्याच कमिसनारले निरिक्षण गरेपछि तय गरिनेछ ।

 

च्याम्पियनसिपमा ६ टोलीको सहभागिता रहने छ । समूह ‘ए’ मा आयोजक नेपालसँगै बंगलादेश र श्रीलङ्का रहेको छ । समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र श्रीलङ्काबिच प्रतिस्पर्धा हुँदैछ ।

च्याम्पियनसिपमा भाग लिन भुटानको युवा टोली शुक्रबार काठमाडौँ आइपुगेको छ । भुटानले सोबार साविक विजेता भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै च्याम्पियनसिपका भाग लिन माल्दिभ्स टोली बिहीबार नै नेपाल आइपुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

सम्बन्धित

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com