ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लेखा समितिका सभापति पोखरेलले संसदभित्रै लगाए मुर्दावादको नारा


एबीसी न्यूज

काठमाडौं २९ साउन ।  नेकपा एमालेका सांसद एवम् सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले संसदभित्रै मुर्दावादको नारा लगाएका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सभापति पोखरेलले डेडिकेटेड ट्रंकलाइन वक्यौताको विषयमा आफ्नो चरित्र हत्या भएको भन्दै मुर्दावादको नारा लगाएका हुन्।

सभापति पोखरेलले डेडिकेटेड ट्रंकलाइन वक्यौताको विषयमा प्राप्त प्रमाण तथ्यहरु भएको भन्दै प्राप्त प्रमाण तथ्यहरूलाई कसैले असत्य प्रमाणित गरे टुँडिखेलमा झुण्डिन तयार रहेको बताए।

उनले डेडिकेटेड ट्रंकलाइन बक्यौताको विषयमा अख्तियारमाथि पनि प्रश्न उठेको बताए। उनले अख्तियारलाई २०७६ सालमा सार्वजनिक लेखा समितिले गम्भीर विषयमा अध्ययन र विश्लेषण गरी कारबाही गर्नु भनेर दिएको निर्देशनलाई लामो समयसम्म छलफल नगरेको र कारबाही नगर्दा आज गम्भीर परिस्थितिको सिर्जना भएको बताए।

उनले अख्तियार जस्तो संस्थाले पनि नेपाली जनताले बुझ्ने गरी राज्यप्रति जिम्मेवार भएर भ्रष्टाचार विरुद्धको अभियानमा लाग्नुपर्ने बताए।

सांसद पोखरेलले भने, ‘डेडिकेटेड ट्रंकलाइन बक्यौताका तथ्य र प्रमाण छन्। मेरा भनाईहरू कसैले असत्य प्रमाणित गरिदिनुस्। असत्य प्रमाणित गरिदिए मलाई टुडिखेलमा राखेर झुण्ड्याउनुस्। म तयार छु। इमानको चरित्र हत्या गरेर भ्रष्टहरुको पक्षपोषण गर्ने सबैप्रति सिङ्गो संसदमा सबै नेपालीले सुन्ने गरी मुर्दावाद छ मुर्दावाद छ।’

सभापति पोखरेलले विद्युत प्राधिकरणको १६ अर्ब छुट दिने क्रान्तिकारी हुने तर २२ अर्ब उठाउनुपर्छ भन्ने भ्रष्टचारी कसरी हुन्छरु भन्दै प्रश्न गरे। उनले अघिल्लो सरकारले १६ अर्ब कुन सेटिङमा छुट गरिएको भन्दै प्रश्न गरे। उनले राज्यको यत्रो ठूलो सम्पती दुरुपयोग गर्न नमिल्ने भन्दै बक्यौता रकम उठाउनको लागि समिति लागि परेको दाबी गरे।

उनले महालेखाले बक्यौता तिर भनेको २२ अर्बमा सार्वजनिक लेखा समितिमा छलफल नै नगरी १६ अर्ब छुट दिन नमिल्ने उल्लेख गरे। पोखरेलले आफूलाई विद्युतको बक्यौता महशुल उठाउनु पर्छ भन्दा भ्रष्टाचारीको आरोप लगाइएको बताए।

तर माओवादीका मन्त्री हुँदा सरकार, विद्युत प्राधिकरण र व्यवसायीको मिलेमतोमा आयोग बनेर व्यवसायीलाई विद्युत महशुलमा छुट दिने काम गरिएको उनको भनाई छ। उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८१ वैशाख २७ गते सो निर्णय गरेको जानकारी दिए।

सांसद पोखरेलले तत्कालीन सरकारले बनाएको आयोगले १६ अर्ब रुपैँया छुट दिएको बताए।

तत्कालीन मन्त्रिपरिषद्को बैठकले एकै दिन दुई खालका निर्णय गरेर यस्तो काम गर्नुको पछाडि आर्थिक चलखेल भएको उनको भनाइ छ। नेपाल विद्युत प्राधिकरण भित्र व्यापक अनियमितता भएको उनले बताए। विद्युत प्राधिकरणले आफूलाई आवश्यक पर्ने भन्दा बढी सामान हेटौँडा र भक्तपुरमा किनेर थुपारेको पोखरेलले बताए।

उनले आफूबाट एउटा टिपोर्ट बाहिरिएको विषयमा पनि स्पष्टीकरण दिए। व्यापारी र नेपाल विद्युत् प्राधिकरणको ‘दलाल’ले उक्त टिपोर्ट बाहिर ल्याएको भन्दै आरोप लगाए।

उनले भने,‘माननीयहरू, जोजो चासो राख्नुभयो, त्यो टिपोर्ट दुई(तीनजना साथीभाइलाई दिएको हो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई आफैँ दिएँ। मैले विश्वास गरेर दिएँ। यो टिपोर्ट चारजनामध्ये कसले पुर्‍याउनु भयो, थाहा छैन। मैले सोचिनँ नि, व्यापारी र प्राधिकरणको दलाल एकजना माननीय हुनुहुँदो रहेछ नि त१ मैले त सुझाव दिनुस् मित्र भनेँ।’

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com