ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठगी गर्ने सेयर कारोबारीमाथि कारबाही गर्न सांसद सिंहको माग


एबीसी न्यूज
श्रावण २१, २०८१ सोमबार  २ : ५२ बजे

काठमाडौं २१ साउन । प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले आम जनतामाथि ठगी गर्ने सेयर कारोबारमा संलग्न कम्पनीहरूमाथि छानबिन गर्न सरकारसँग माग गरेका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले बिनाआधार सेयर बजार उकालो लागेको देखाएर आम जनतालाई ठगी गर्ने धन्दामा लागेका कम्पनीमाथि कडा निगरानी राख्न माग गरे।

साथै त्यस्ता कम्पनीहरूमाथि छानबिन गर्नका लागि सरकारले एउटा समिति गठन गर्नुपर्ने उनको भनाई थियो।

सांसद सिंहले आम जनतालाई गुमराहमा राख्ने कुनैपनि सेयर कारोबारमा संलग्न कम्पनीहरूमाथि नियमनकारी निकायले पनि कडा निगरानी राख्नुपर्ने बताए।

उनले भने, ‘म नेपाल सरकार र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु–गरिब जनतामाथि ठगी गरेर सेयर बजारमा कृत्रिम ढंगले अघि बढाएर आम जनतालाई ठग्ने काम बन्द होस्। सरकारले यसलाई रेगुलेट गरोस्। छानबिन समिति बनाएर त्यस्ता कृत्रिम ढंगले सेयर कारोबार गर्ने कम्पनीहरू छ, कसले जनतालाई गुमराहमा पार्ने काम गरेको छरु तिनीहरुलाई कारबाहीको लागि छानबिन समिति गठन गर्न सरकारसँग माग गर्दछु।’

सेयर बजारमा कृत्रिम ढंगले काम गर्ने कुनैपनि कम्पनीलाई सरकारले कारबाहीको दायरामा तत्काल ल्याउनुपर्ने सांसद सिंहले बताए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प-शी शिखर सम्मेलन नजिक, तर चीनलाई थाहा छैन- ट्रम्प के चाहन्छन् ? :न्यूयोर्क टाइम्स

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

सम्बन्धित

मोदी प्रमुख अतिथि रहने भारतको प्रतिष्ठित NXT Summit 2026 मा रेनु दाहालले सम्बोधन गर्ने

किन बढारिए पुराना दल ?

मध्यम आकारका युद्धहरूको श्राप

ट्रम्प-शी शिखर सम्मेलन नजिक, तर चीनलाई थाहा छैन- ट्रम्प के चाहन्छन् ? :न्यूयोर्क टाइम्स

सिरहा बार एसोसिएसन कार्यालयमा विस्फोट, एक कर्मचारी घाइते

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com