ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री लामाले मङ्गलबार विश्वासको मत लिने


एबीसी न्यूज
श्रावण १३, २०८१ आईतबार  १२ : ३५ बजे

काठमाडौं १३ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले साउन १५ गते मङ्गलबार बागमती प्रदेश सभाबाट विश्वासको मत लिने हुनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले मुख्यमन्त्री लामाले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि पत्र बागमती प्रदेश सभा सचिवालयमा दर्ता गराउनुभएको हो ।

विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री मन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्रदेश सभा सचिवालयमा पत्र प्राप्त भएको बागमती प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार साउन १५ गते मङ्गलबार दिउँसो ३ बजे विश्वासको मत लिने प्रयोजनका लागि समय व्यवस्थापन गरिदिन मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्तभएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतासमेत रहनुभएका मुख्यमन्त्री लामा यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री लामाले १३ मन्त्रालय रहेको बागमती प्रदेशमा एक जना बिना विभागीयसहित १४ जना मन्त्री नियुक्त गर्नुभएको छ ।

मुख्यमन्त्री नियुक्त हुँदा लामा कांग्रेस र नेकपा एमालेको गरी ६४ जना प्रदेश सभा सदस्यको समर्थन रहेको थियो । सरकारमा रहेका दलहरु माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको सात र हाम्रो नेपाली पार्टीको दुई जना प्रदेश सभा सदस्य छन् ।

एक सय १० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा प्रदेश सभामा कांग्रेसको ३७, एमालेको २७, सभामुखसहित राप्रपाको १३, नेकपा ९एकीकृत समाजवादी०को सात, नेपाल मजदुर किसान पार्टीको तीन र हाम्रो नेपाली पार्टीको दुई जना प्रदेश सभा सदस्य रहेका छन् । बहुमतका लागि ५६ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक हुन्छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खार्ग टापुमा अमेरिकी बमवर्षा : ट्रम्पले भने– “सैन्य संरचना पूर्ण रूपमा ध्वस्त पार्न आदेश दिएको थिएँ”

सम्बन्धित

गगनलाई राजीनामा नदिन ३० बढी नेताको सुझाव

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खार्ग टापुमा अमेरिकी बमवर्षा : ट्रम्पले भने– “सैन्य संरचना पूर्ण रूपमा ध्वस्त पार्न आदेश दिएको थिएँ”

हारपछि एमालेभित्र फेसबुक युद्ध : “महासचिवदेखि पूर्वमन्त्रीसम्म नेताहरूको सार्वजनिक आरोप–प्रत्यारोप”

सर्लाहीमा अनियन्त्रित गाडीले बिहेका जन्तीलाई ठक्कर दिँदा १ जनाको मृत्यु, ११ घाइते

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौँका यी स्थानमा काटिँदैछ आज बिजुली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com