ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच वर्षमा पूरा हुनुपर्ने बेल्हा खानेपानी आयोजना ९ वर्षसम्म बनेन


एबीसी न्यूज

काठमाडौं ११ साउन । सिरहाको कल्याणपुर नगरपालिका–१२ तिलासीमा पाँच वर्षभित्र १२ सय घरधुरीलाई स्वच्छ खानेपानी खुवाउने लक्ष्यसहित सुरु गरिएको बेल्हा खानेपानी तथा सरसफाइ आयोजनाको काम अलपत्र परेको छ ।

पञ्चवर्षीय योजनासहित २०७२ देखि सुरु भएको उक्त खानेपानी आयोजना ९ वर्ष बित्दासमेत पूरा नभएको हो । खानेपानी तथा सरफाइ डिभिजन कार्यालय लहानले ६ करोड ५० लाख रुपैयाँमा आयोजना बनाउन सुरु गरेको थियो ।

डिभिजन कार्यालयले हालसम्म २ करोड रुपैयाँमा दुईवटा बोर्डिङ गाडेर ट्यांकी बनाएर बाँकी काम अलपत्र छाडेको छ । समयमै पूर्णता दिन बेल्हा खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुशेश्वर ठाकुरले डिभिजन कार्यालयमा थुप्रै पटक धाए । यसअवधिमा कैयजना डिभिजन प्रमुख पनि आए, गए । तर, योजना अझै अपूरो अलपत्र हुँदा उनी वाक्क छन् ।

‘५ वर्ष भित्र योजना सम्पन्न गरिदिन्छु भनेको थियो । ९ वर्षभयो । डिभिजन कार्यालयमा धाउँदा धाउँदा र हाकिमलाई भन्दाभन्दा थाकिसके’, उभोक्ता समितिका अध्यक्ष ठाकुर आक्रोस पोख्छन्, ‘चाँडै काम हुन्छ भन्ने कति हाकिम आए, गए । तर योजना अधुरै छ ।’

साविकको लहान खानेपानी तथा सरसफाइ डिभिजन पछिल्लो समय समायोजना भएर सप्तरीको राजविराजन डिभिजन कार्यालयमा विलिन भइसकेको छ । कार्यालय उचित बजेट छुट्याउँदैनन् ।

बर्सेनि खुद्रे १०–२० लाख बजेट राखेर डिभिजन कार्यालय असार मसान्तको अन्ततिर आएर सानो काम गरेर पन्छिने गरेको अध्यक्ष ठाकुरको गुनासो छ । अब आयोजनको काम पूरा गर्न १३ करोड ५० लाखमा मात्रै पूर्णता पाउने कार्यालयले भन्ने गरेको छ ।

गत आर्थिक वर्ष २०७९र८० असार मसान्तमा डिभिजन कार्यालय राजबिराजले १९ लाखको बोर्डिङको पाइप किनेर कार्यालय अगाडि थुपारेर छाडेको छ । त्यो पाइप जडान गर्न त्यसपछि कहिल्यै डिभिजन कार्यालयका कर्मचारी नै पुगेनन् । आर्थिक वर्ष २०८०र८१ म छुट्याएको १७ लाख रुपैयाँ डिभिजनले कामै नगरी फ्रिज भएर गयो ।

‘उचित बजेट नआएर काम नभएको हो । डिभिजन कार्यालय छुट्याएको खुद्रे बजेटले पनि लापरबाही काम गर्छ’, अध्यक्ष ठाकुर भन्छन्, ‘यसरी त मेरो जीवनमा पनि यो आयोजना पूर्णता पाउँदैन । दोष स्थानीयले मलाई दिन्छन् ।’

५ वर्षभित्र शुद्ध खानेपानी घरघरमा पाउने आशा लगाएका स्थानीयहरु पनि निराश छन् । ‘अहिलेसम्म काम अधुरै छ । हामीले यसबाट पानी खाने कुनै ठेगान छैन । त्यतिबेला भन्यो– ५ वर्षमै घरघरमा धारामा पानी आउँछ । ९ वर्षमा पनि केही भएन’, स्थानीय धियानी सदाले गुनासो पोखे ।

सरकार र स्थानीय जनप्रतिनिधि बेवास्ताले खानेपानी आयोजना अलपत्र परेको स्थानीय रामविलास ठाकुर बताउँछन् । ‘यहाँबाट भोट लिएर जाने जनप्रतिनिधिले पनि यो षियमा चासो राखेनन् । उनीहरुले चाहेको भए समयम नबने कुरै हुन्थेन’, रामविलास भन्छन्, ‘जेठ असार महिनामा कल सुक्दा धेरैलाई खानेपानी समस्या हुन्छ । सरकारले पनि मतलब गरेको छैन ।’

खानेपानी तथा सरफाइ डिभिजन कार्यालय राजविराजका प्रमुख विश्वनाथ यादवले संघीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको आयोजना भएकाले उचित बजेट नदिँदा पूर्णता पाउन नसकेको कताए । बितेको आर्थिक वर्षको असार ३ गते मात्र आफू डिभिजन प्रमुख भएर आएको कारण काम गराउन नसकेर छुट्याइएको १७ लाख पनि फ्रिज भएको उनको स्वीकारोक्ति छ ।

‘संघीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको आयोजना हो यो । उचित बजेट विनियोजन नहुँदा समयमा पूर्णता नपाएको हो । म ढिलो जिम्मेबारीमा आएको कारण भएको बजेट पनि कार्यान्वयन गराउन सकिनँ’, उनले भने, ‘उचित बजेट विनियोजन नगर्दासम्म पूर्णता पाउन गाह्रो छ ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com