ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली टोली विश्वकप क्रिकेट छनोट खेल्ने आज जिम्बाबे जाँदै


एबीसी न्यूज

काठमाडौं,  १२  फागुन नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न आज शनिबार जिम्बाबे जाँदैछ ।

नेपाली टोली राति पौने ११ बजे फ्लाइ दुवईको उडानबाट दुवई हुँदै जिम्बाबेका लागि प्रस्थान गर्नेछ । नामिबियामा भएको डिभिजन टूको उप–विजेता बनेको नेपालले विश्वकप क्रिकेटको छनोट खेल्ने अवसर पाएको हो । समूह बीमा रहेको नेपालले प्रतियोगितामा जिम्बाबे, अफगानस्तान, स्कटल्याण्ड र हङकङ्गसंग खेल्नेछ ।

नेपालको पहिलो खेल घरेलु टोली जिम्बाबेसँग फागुन २० गते, स्कटल्याण्डसँग फागुन २४ गते, अफगानस्तानसँग फागुन २६ गते र हङकङ्गसँग फागुन २८ गते खेल्नेछ । दुवै समूहका शिर्ष तीन टोली सुपर लिगमा पुग्नेछन् ।

विश्वकप छनोट खेल्ने वेष्टइण्डिज, आयरल्याण्ड, अफगानस्तान र जिम्बाबेले एकदिवसीय मान्यता पाइसकेकाले यी बाहेक शिर्ष ३ टीमले एकदिवसीय क्रिकेटको मान्यता पाउनेछन् । समूहको पुछारमा रहने २ टीम डिभिजन टूमा झर्नेछन् ।

नेपालका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले विश्वकप छनोटका लागि पर्याप्त तयारी हुन नसके पनि डिभिजन टू मा हात परेको सफलताले टीमलाई हौस्याएको र सबैजसो खेलाडीहरु फर्ममा रहेकाले राम्रो प्रदर्शन गर्ने बताउँदै आएका छन् ।

नेपाली टोलीलाई सरकारले शनिबार जनही तीन–तीन लाख रुपैयाँसहित सम्मान गर्दै प्रतियोगिताका लागि बिदाइ गरेको छ । नेपालले तेश्रोपटक विश्वकप क्रिकेटको छनोट खेल्न लागेको हो ।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टिममा ज्ञानेन्द्र मल्ल उपकप्तान छन् । अरु खेलाडीमा आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल, ललित नारायण राजवंशी, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी छन् । यस्तै, बिनोद भण्डारी, सिद्धान्त लोहनी, सुनिल धमला, किशोर महतो बैकल्पिक खेलाडीका रुपमा टीममा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com