ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली क्रिकेट टोलीलाई नगद सहित सम्मान


admin
फाल्गुन ११, २०७४ शुक्रबार  ७ : ४२ बजे

काठमाडौं, ११ फागुन । एक दिवसीय विश्वकप छनौटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारमा आयोजित कार्यक्रममा नगदसहित सम्मान गरेका छन्।

कार्यक्रममा खेलाडी तथा अफिसियललाई यसअघि सरकारले घोषणा गरेको जनही ३ लाख रुपैयाँ प्रदान गरिएको थियो। यस्तै, मदन भण्डारी स्पोर्ट्स एकेडेमीले घोषणा गरेको जनही १ लाख रुपैयाँ पनि सोही कार्यक्रममा प्रदान गरियो।

क्रिकेट टिमको सम्मान भने निर्धारित समयभन्दा १ घन्टा ४५ मिनेट ढिलो सुरु भएको थियो। आइसिसी विश्वकप छनोट प्रतियोगिताको तयारी गरिरहेको नेपाली टिमलाई सम्मानका लागि दिउँसो ३ बजे बोलाइएको थियो। खेलाडी ठिक ३ बजे नै बलुवाटार पुगेका थिए।

तर, प्रधानमन्त्रीको शुक्रबार ६७ औं जन्मदिन परेकाले सम्मान कार्यक्रम निर्धारित समयभन्दा ढिलो सुरु भएको थियो । शुभकामना दिन प्रधानमन्त्री निवासमा बिहान सबेरैदेखि शुभेच्छुकको भीड लागेको थियो। अन्ततः प्रधानमन्त्री ओली पौने ५ बजेपछि मात्र कार्यक्रमस्थलमा प्रवेश गरेका थिए ।

यसैसंगै, विश्वकप छनोट खेल्न शनिबार जिम्बावे प्रस्थान गर्ने नेपाली टिमलाई शुक्रबार बिदाइ पनि गरिएको छ। बिदाइ कार्यक्रमपछि प्रधानमन्त्री ओलीले नेपाली खेलाडीलाई आत्मविश्वासका साथ मैदान उत्रन शुभकामना दिए।

फागुन २० देखि जिम्बावेमा सुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ। छनोटमा नेपालले पहिलो खेल आयोजक जिम्वाबेसँग खेल्नेछ। समूहमा नेपाल र आयोजक जिम्बावेसँगै स्कटल्यान्ड, अफगानिस्तान र हङकङ छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com