ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रथम बुटवल खुला लनटेनिस शुरु


admin
फाल्गुन ११, २०७४ शुक्रबार  ७ : ११ बजे

रुपन्देही, ११ फागुन। नेपालकै सर्वाधिक राशिको प्रथम बुटवल खुला लनटेनिस प्रतियोगिता २०७४ आजदेखि बुटवलमा शुरु भएको छ ।

देशैभरका विभिन्न क्लब, विभागीय टोली र खेलाडीको जमघटबीच शुरु भएको प्रतियोगितामा ८६ खेलाडीले सहभागिता जनाएका छन् । बुटवल लनटेनिस क्लबको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा रहेको कोर्टमा प्रतियोगिता शुरु भएको हो ।

उद्घाटन खेलमा मेन्स सिंगलतर्फ जीतेन्द्र परियार अभिषेक पाठकलाई ६–०,६–० ले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेका छन् । यस्तै विकास खड्का सर्वरमियालाई ६–०,६–०, प्रदीप खड्का अञ्जन थिङलाई ६–१, ६–१ तथा सन्तोष खत्री भीष्म काउचलाई ६–१, ६–२ बाट पराजीत गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

यसैगरी मेन्स ५५ माथि उमेर समूहमा कृष्णराज घलेले अब्दुल सहमतलाई ६–०, ६–१ बाट हराएर सीधै सेमिफाइनलको यात्रा तय गरेका छन् । पैँतीस वर्ष उमेर समूहमाथिको खेलमा राजन बिजुक्छेले बालकृष्ण अर्याललाई ६–० र ६–१ ले पराजित गरेका छन् भने अशोक गुरुङबाट वाकओभर पाएर सञ्जय श्रेष्ठले अघिल्लो चरणको यात्रा तय गरेका छन् ।

यस्तै फन डबलतर्फ कमलबहादुर भण्डारी र अनिल सेञ्चुरी आत्माराम कार्की र बालकृष्ण अर्याललाई ८–० ले हराउँदै दोस्रो चरणमा प्रवेश गरेका छन् । अर्को सहज जीत हात पार्ने क्रममा मनोज राना र शोनमणि चौधरी कृष्णराज घले र इशा पौड्याललाई ८–० ले हराउँदै दोस्रो चरणमा प्रवेश गरे ।

उद्घाटन खेलमा न्यून दर्शकको सहभागितामा भएको फन डबलतर्फ पुनबहादुर खनाल र रामु विकले धर्मसिंह लामिछाने र विष्णु चापागाईंलाई ८–० ले पराजित गर्दा विकास खड्का र अर्जुन गुरुङको जोडीले पूर्वउपप्रधानमन्त्री कमल थापा र मनोहरदास मललाई ८–१ ले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेका छन् ।

प्रतियोगितामा फन डबल, मेन्स सिंगल, ३५, ४५ र ५५ वर्षमाथि र महिला सिंगल्स गरी छ विधाका खेल खेलाइएको क्लबका अध्यक्ष गोपाल ज्ञवालीले जानकारी दिनुभयो । यही फागुन १५ गतेसम्म चल्ने प्रतियोगिताअन्तर्गत शनिबार पनि विभिन्न विधाका पहिलो र दोस्रो चरणका खेल हुने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com