काठमाडौं, ८ फागुन । म्यानचेष्टर सिटी एफए कपबाट बाहिरिएको छ ।
इंग्ल्याण्डको नकआउट फुटबल प्रतियोगिता एफए कपको पाँचौ चरणको खेलमा विगान एथ्लेटिक्ससंगको खेलमा गएराती १–० ले पराजित भएपछि म्यानचेष्टर सिटीको यो वर्षका सबै उपाधि उचाल्ने सपना टुटेको छ ।
प्रियिमर लिगको अंक तालिकाको पहिलो स्थानमा रहेको सिटी दोश्रो स्थानमा रहेका म्यानचेष्टर युनाइटेडभन्दा १६ अंकले अघि छ । पहिलो हाफको इन्जुरी समयमा फाबियन डल्फी रातो कार्ड पाउँदै बाहिरिएपछि म्यानचेष्टर सिटी दोश्रो हाफमा १० खेलाडीमा सिमित भएको थियो ।
त्यसको फाइदा उठाउँदै विगानलाई जिताउन विल ग्रिकले ७९ औं मिनेटमा गोल गरे ।






प्रतिक्रिया दिनुहोस्