ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिक उन्मुक्तिका २ मन्त्रीले पाए मन्त्रालय


एबीसी न्यूज
चैत्र १५, २०८० बिहीबार  ३ : २७ बजे

काठमाडौं १५ चैत । बिनाविभागीय मन्त्रीका रूपमा सुदूरपश्चिम प्रदेश सरकारमा सामेल नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का दुई सांसदलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ।

नाउपाका लक्ष्मणकिशोर चौधरी र खुसीराम डगौराले विभागीय जिम्मेवारी पाएका हुन्।

मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई सामाजिक विकास मन्त्रालय र डगौरालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

 

उनीहरूले बिहीबारै कार्यभार सम्हालेका छन्। लक्ष्मणकिशोर फागुन २८ र खुसीराम फागुन २५ मा बिनाविभागीय मन्त्री नियुक्त भएका थिए।

मन्त्री नियुक्त भएको दुई साताभन्दा बढी समयपछि चौधरी र डगौराले मन्त्रालय पाएका हुन्।

बुधबार नाउपाकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले संस्थापक केन्द्रीय सदस्य र सांसदहरूको बैठकबाट नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गराएसँगै नाउपाका बिनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको हो।

सुदूरपश्चिम प्रदेश सरकारमा नाउपाका ७ सांसदमध्ये ५ जना अहिले मन्त्री छन्।

रामेश्वर चौधरी भूमि व्यवस्था तथा सहकारी, घनश्याम चौधरी आर्थिक मामिला र इन्द्रिरा गिरी भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री छन्।

तत्कालीन सत्ता सहयात्री नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेका मुख्यमन्त्री शाह नाउपालाई साथमा लिएर सरकार जोगाउने कसरतमा छन्।

तर नाउपाभित्र रेशम र रञ्जिताको विवादले कांग्रेस नेतृत्वको प्रदेश सरकार संकटमा छ।

सत्ता सुनिश्चित गर्न राप्रपा र स्वतन्त्र सांसदलाई सरकारमा ल्याउन दुई मन्त्रालय मुख्यमन्त्री शाहले आफैँसँग राखेका थिए। ५३ सदस्य रहेको प्रदेश सभामा सुदूरपश्चिममा सरकार बनाउन २७ सांसदको समर्थन चाहिन्छ।

नेपाली कांग्रेससँग १८ र नागरिक उन्मुक्तिका ७ गरेर सुदूरपश्चिम सरकारलाई अहिले २५ सांसदको समर्थन छ।

सुदूरपश्चिम प्रदेश सभामा नेकपा माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादीका ४ सांसद छन्।

यस्तै राप्रपा र स्वतन्त्र सांसद एकरएक छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

आज विश्व हिमनदी दिवस

अमेरिकी एफ–३५ लडाकु विमानको आपतकालीन अवतरण, चालकको अवस्था स्थीर

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com