ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ लगानीका आयोजनालाई गति दिन जोड


एबीसी न्यूज

काठमाडौं १४ चैत ।  नेपालमा निर्माणाधीन आयोजनालाई छिटो कार्यान्वयन गर्न नेपाल र चीनबीच छलफल भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका विदेशमन्त्री वाङ यी बीच मंगलबार बेइजिङमा भएको भेटवार्तामा नेपालमा चिनियाँ लगानी र सहयोगमा निर्माणाधीन आयोजना छिटो कार्यान्वयन गर्ने सम्बन्धमा जोड दिइएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।

चिनियाँ लगानीका आयोजनालाई गति दिन जोड

 

उपप्रधानमन्त्री श्रेष्ठ र विदेशमन्त्री वाङबीच नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० बारे भने सामान्य छलफल मात्र भएको छ । चीनले नेपाललाई बीआरआई कार्यान्वयन योजना सम्झौताका लागि आग्रह गरे पनि हालसम्म अघि बढ्न सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणका दौरान दुवै पक्षले बीआरआईलाई गति दिन प्रतिबद्धता व्यक्त गरेका थिए । साथै दुई पक्षले परामर्श गरी छिट्टै बीआरआई कार्यान्वयन योजनाको प्रस्तावलाई अन्तिम रूप दिनेबारे त्यस बेला जारी संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको थियो ।

भेटमा कार्यान्वयन योजनाको प्रस्तावको टुंगो नलगाए पनि उपप्रधानमन्त्री श्रेष्ठले बीआरआईका सम्बन्धमा भने नेपालका तर्फबाट धारणा राखेका थिए । ‘बेल्ट एन्ड रोड इनिसिएटिभ विश्वको विकास र समृद्धिका लागि अनुकूल छ । नेपाल बेल्ट एन्ड रोड संयुक्त रूपमा निर्माणका लागि चीनसँगको सहकार्यलाई सुदृढ गर्न इच्छुक छ,’ उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो ।

त्यसको जवाफमा विदेशमन्त्री वाङले चीन र नेपालबीचको परम्परागत मित्रतालाई अगाडि बढाउन, दुई पक्षबीचको राजनीतिक आपसी विश्वासलाई सुदृढ गर्न, उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड’ संयुक्त रूपमा निर्माण गर्न र आपसी रणनीतिक सहकार्यको साझेदारीलाई प्रवर्द्धन गर्न चीन नेपालसँग काम गर्न इच्छुक रहेको बताएको परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्यसमेत रहेका वाङ नेपाल मामिलामा विज्ञ मानिन्छन् । उनले चार पटक नेपालको औपचारिक भ्रमण गरिसकेका छन् । भेटमा दुवै नेताले द्विपक्षीय सम्बन्धको अवस्थाको मूल्यांकन गर्दै सम्बन्धलाई थप उचाइमा पुर्‍याउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । विदेशमन्त्री वाङले नेपालमा सरकार पुनर्गठनपछि परराष्ट्रमन्त्रीको चीन भ्रमणले नेपाल–चीन मित्रताको परम्परा र चीनसँगको सहयोगलाई मजबुत बनाउने बताए ।

‘चीनले नेपाललाई सधैं एक मित्रवत् र रणनीतिक साझेदारका साथै महत्त्वपूर्ण निकट छिमेकीका रूपमा हेरेको छ । सबै नेपालप्रति शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरू पालन गर्दै आएको छ । सधैं ठूला वा साना सबै देशहरू समान हुन जोड दिँदै आएको छ,’ वाङको भनाइलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उनले सन् २०१९ मा राष्ट्रपति सी चिनफिङले नेपालको ऐतिहासिक राजकीय भ्रमण गरेको उल्लेख गर्दै त्यसबाट दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको तथा दुई मुलुकको सम्बन्ध द्रुत गतिमा अघि बढेको बताए । गत वर्ष प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण पनि निकै सफल रहेको वाङले बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले भने नयाँ र उच्चस्तरमा विकास र समृद्धिका लागि दिगो मित्रतामा नेपाल र चीनबीच परम्परागत मित्रता र एकअर्कामाथि निर्भरता रहेको उल्लेख गरे । ‘चीनले भूकम्प र महामारीको प्रतिकार्यमा नेपाललाई निःस्वार्थ सहयोग गरेको छ, जसलाई नेपाल सरकार र जनताले सधैं सम्झनेछन्,’ उनले बैठकमा भनेका थिए, ‘नेपालको नयाँ सरकारले चीनसँगको सम्बन्धलाई ठूलो महत्त्व दिएको छ । र, द्विपक्षीय सम्बन्धको विकासको स्तरलाई निरन्तर सुधारका लागि चीनसँग सहकार्य गर्न इच्छुक छ ।’ उपप्रधानमन्त्री श्रेष्ठले ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ ९जीडीआई० को समूहमा सामेल हुने पनि उल्लेख गरे । नेपाल चीनले अघि सारेको यो विकास कार्यक्रममा यसअघि नै सामेल भइरहेको छ ।

नेपाल र चीनले यसअघि सहमति भएअनुसार १४ परम्परागत सीमा व्यापार नाका खोल्न तथा व्यापार, लगानी, पर्यटन र अन्य क्षेत्रमा व्यावहारिक सहयोग सुदृढ गर्ने विषयमा फेरि सहमति जनाएका छन् । उक्त सहमति कार्यान्वयनमा भने जान सकेको छैन । भेटवार्तामा दुवै पक्षले साझा सरोकारका अन्य विषयमा पनि विचार आदान–प्रदान गरेका थिए ।

चीनको ९ दिने भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठले सोमबार चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्सका अध्यक्ष तथा राजनीतिक ब्युरोका स्थायी समिति सदस्य वाङ हुनिङ र चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० की विदेश विभागकी उपमन्त्री सुन हायनसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

आर्थिक विकास र समृद्धिमा केन्द्रित उनीहरूबीचको छलफलमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङपछि बुधबार छोङछिङ निस्कने छन् । त्यसपछि ल्हासा र छेन्दु भ्रमण गरेर नेपाल फर्कने कार्यक्रम छ ।

चिनियाँ लगानीकर्तालाई निम्तो

उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ लगानीकर्ताहरूलाई आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा सहभागिताका लागि निम्तो दिएका छन् । बेइजिङस्थित नेपाली राजदूतावासमा मंगलबार आयोजित कार्यक्रममा चिनियाँ लगानीकर्ताहरूलाई सम्बोधन गर्दै श्रेष्ठले आसन्न लगानी सम्मेलनमा उत्साहजनक सहभागिताका लागि आग्रह गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ लगानीकर्ताका लागि नेपाल उत्कृष्ट गन्तव्य हुने दाबी गर्दै वर्तमान सरकार चिनियाँ लगानीकर्तालाई आवश्यक सुविधा दिन तयार रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com