ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अट्ठाइस महिलाको उद्धार


एबीसी न्यूज

काठमाडौं १२ चैत । बाजुराबाट २८ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ । ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरिएको जनाइएको छ । बाजुराको दुर्गम गाउँमा हुने मातृ मृत्युदर घटाउन ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत यत्तिका महिलाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

हवाई उद्धार कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७७ असोज ११ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको थियो ।

जस अन्तर्गत यस जिल्लाबाट २०७७ सालमा चार जना, २०७८ मा तीन, २०७९ मा सात र २०८० मा १४ जना गरी २८ जना गर्भवती तथा सुत्केरीको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयो ।

यीमध्ये २६ जना गर्भवती तथा सुत्केरीलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेत, एक जनालाई सेती प्रादेशिक अस्पताल धनगढी र एक जनालाई भेरी अस्पताल नेपालगन्जमा पठाइएको थियो ।

तीमध्ये नौ जना जगन्नाथ गाउँपालिका, सात जना हिमाली गाउँपालिका, पाँच जना बुढीनन्दा नगरपालिका, तीन जना बडीमालिका नगरपालिका, दुई जना स्वामिकार्तिक गाउँपालिका, एकरएक जना गौमूल र खप्तड छेडेदह गाउँपालिकाका महिला छन् ।

२०८० सालको माघमा पाँच र चैत महिनामा तीन गर्भवती तथा सुत्केरीको हवाई उद्धार भएको छ । यही शुक्रबार पनि जगन्नाथ गाउँपालिका–६ का २८ वर्षीय सुत्केरी दुर्गा बुढाको सदरमुकाम मार्तडीबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उद्धार गरिएको छ ।

जगन्नाथ गाउँपालिका र हिमाली गाउँपालिका भूगोलको दृष्टिकोणले सबैभन्दा विकट गाउँपालिका हुन् । ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत यी पालिकाका लागि उपयुक्त भएको खप्तड छेडेदह गाउँपालिकाका उपाध्यक्ष बिसु नाथले बताउनुभयो ।

उद्धार कार्यक्रम दुर्गमका महिलाका लागि कोसेढुङ्गा साबित भएको छ । हवाई उद्धार गरी सुविधासम्पन्न अस्पतालमा ल्याइएका महिलाको सुत्केरी पोषण स्याहार तथा यातायात सहयोगका लागि एकमुस्ट २० हजार रुपियाँ उपलब्ध गराउने व्यवस्था रहेको छ ।

‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, मनाङ, मुस्ताङ, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, डोल्पा, कालीकोट, मुगु, हुम्ला, बाजुरा, अछाम र दार्चुलामा पूर्ण रूपमा लागु भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com