ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुम्लामा जिप दुर्घटना हुँदा अदानचुलीइका दुई जनाको मृत्यु, ५ जना गम्भीर घाइते


एबीसी न्यूज
चैत्र १०, २०८० शनिबार   ६ : ५०   बजे

 

सुर्खेत १० चैत । हुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार दिउँसो ४ बजेतिर अदानचुली गाउँपालिका –४ पान्समा जिप दुर्घटना भएको हो।

श्रीनगरबाट काठे जाने क्रममा सु–१–०१–००१ ज ११८३ को जिप सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृतक अदानचुली गापा–५ बारीगाउँ बस्ने १४–१५ वर्षीय प्रबेश ऐडी र ४०–४५ को फागुने लोहार छन्।

दुर्घटनामा ५ जना गम्भीर घाइते छन्।

गम्भीर घाइते हुनेमा चालक दार्चुलाका जनक ठगुन्ना, हुम्लाका धनबहादुर महतरा, ६० वर्षीय तुला टमाटा, ४५ वर्षीय दल बोहरा र रामबहादुर एडी छन्। अदानचुली गाउँपालिकाकै ३८ वर्षीय चैती बुढा र खगेन्द्र टमाटा सामान्य घाइते छन्। उनीहरू दुवैजना बोल्न सक्ने अवस्थामा छन्।

उक्त जिपमा चालकसहित नौ जना सवार थिए।

घाइतेहरू सबैको हुम्लाको श्रीनगर स्वास्थ्य चौकीमा उपचार भइरहेको इन्स्पेक्टर चन्दले जानकारी दिए।

गम्भीर घाइतेलाई उपचारका लागि कोल्टीस्थित जिल्ला अस्पताल बाजुरा लैजान लागिएको उनले बताए। अहिले नेपालगञ्ज लैजान सकिने अवस्था नरहेकाले तत्कालका लागि कोल्टी लैजाने तयारी भइरहेको उनले बताए।

अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले पनि हेलिकप्टर बोलाउने तयारी भएपनि मौसमका कारण अहिले सम्भव नभएका कारण घाइतेहरूलाई कोल्टी लैजान लागिएको जानकारी दिए।

‘मुख्यमन्त्री, सिडिओ सबैसँग कुरा गर्‍यौं। अहिले हेलिकप्टरबाट उद्धार सम्भव नभएका कारण कोल्टी लैजाने र त्यहाँबाट आवश्यक परे भोलि हेलिकप्टरबाट अन्यत्र लैजाने तयारी गरेका छौं,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

सम्बन्धित

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group