ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मस्को आक्रमणमा ११५ को मृत्यु, १४० बढी घाइते, ११ जना गिरफ्तार


एबीसी न्यूज
चैत्र १०, २०८० शनिबार  ६ : २९ बजे

काठमाडौं १० चैत । शुक्रबार साँझ मस्को नजिकैको कन्सर्ट हलमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा ११५ जनाको मृत्यु भएको छ । सो घटनामा १४० भन्दा बढी घाइते भएको रुसी अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार आक्रमणकारीहरूले सुरु गरेका अन्धाधुन्द गोलाबारीमा कन्सर्ट हलको छाना ध्वस्त भएको छ। मृत्युको संख्या अझै ूउल्लेखनीय रूपमा बढ्न सक्ने आशंका गरेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी मानव अधिकार आयोगले यसलाई ‘आतंकवादी हमला’ भनेको छ।

बीबीसी रसियाका सम्पादक स्टिभ रोजेनबर्गका अनुसार कन्सर्टअघि हलमा भेस बदलेर पुगेका हतियारधारीले अन्धाधुन्ध गोली प्रहार गर्न थालेपछि भागदौड मच्चिएको थियो ।

हमला गरिएको भवनमा आगलागी भएको र धेरै मानिस भित्र फसेको अनुमान गरिएको छ ।

घटनास्थलको बेसमेन्टबाट सुरक्षाकर्मीले करिब एक सय जनाको उद्धार गरेका छन् ।

कुनै समय इराक र सिरियामा नियन्त्रण खोज्ने कट्टरपन्थी समूह आईएसआईएलले आफ्नो टेलिग्राम च्यानलमा आक्रमणको जिम्मेवारी लिएको छ र बन्दुकधारीहरू भागेको बताएको छ। यद्यपि यो दाबीको स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको अलजजिराले जनाएको छ ।

मस्कोको सबैभन्दा लोकप्रिय मध्ये एक रहेको उक्त कन्सर्ट हलमा ६ हजार २०० मानिस अटाउन सक्छन् ।

बीबीसीका अनुसार एक प्रत्यक्षदर्शी भिटालीले भने, ‘मैले आँखै अगाडि आतंकवादीहरूले मानिसहरूलाई गोली हानेको देखें। उनीहरुले पेट्रोल बम प्रहार गरेपछि जताततै आगो लाग्न थाल्यो । बाहिरिने ढोकामा पुग्दा त्यो बन्द थियो । त्यसपछि हामी बेसमेन्टमा गयौं ।’

यही ७ मार्चमा अमेरिकी दूतावासले मस्कोमा ठूलो आक्रमण हुनसक्ने भन्दै आफ्ना नागरिकहरुलाई सचेत रहन चेतावनी दिएको थियो ।
गोलीकाण्डको युरोपियन युनियन, जर्मनी, फ्रान्स लगायतका देशका विदेशमन्त्रालयले निन्दा गरेका छन् । अमेरिकी अधिकारीहरुले भने मस्कोले युक्रेनमाथि आरोप लगाउन सक्ने भएकाले तथ्य पत्ता लगाउनु पर्ने प्रतिक्रिया जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

सम्बन्धित

काठमाडौँमा एमालेको पुनरागमन सम्भव छ ? इश्वर पोखरेलको आत्मस्वीकृति, बचाउ र आगामी चुनावी दाबी (भिडियोसहित)

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

लुम्बिनीका २६ क्षेत्रमा महिला उम्मेदवार १० प्रतिशतभन्दा कम, रास्वपाको शून्य

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com