ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीबी राई आकाशमा भए पनि समाएर ल्याउँछौं : गृहमन्त्री


ABC News

जीबी राई आकाशमा हुन् कि पातालमा, समाएर ल्याउँछौं : गृहमन्त्री 

 

काठमाडौँ  १० चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गर्ने जीबी राईलाई जहाँ बसेको भएपनि समाएर ल्याउने बताएका छन् । उनले देशमा होस् कि विदेशमा जहाँ भएपनि राईलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएका हुन् ।

सहकारी ठगीमा संलग्नताको आरोप लागेर प्रमुख प्रतिपक्षले संसद्मा राजीनामा मागिरहेको बेला शनिबार एउटा कार्यक्रममा लामिछानेले राईलाई पक्राउ गरिछाड्ने बताएका हुन् । उनले राईसँग आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । राईसँग टेलिभिजनमा जोडिएको तर अन्य कारोबारमा भने आफ्नो संलग्नता नरहेको बताए । ‘जीबी राई दोषी रहेछ भने सबक सिक्नुपर्छ, कारबाही हुनुपर्छ । आकाशमा होस्, पातालमा होस् समाएर ल्याउँछौं । समय लाग्ला, कसले भगायो त्यो पनि खोज्छौं,’ उनले भने ।

लामिछानेले सहकारीमा सहकारीमा राखेको सम्पत्तिको स्रोत पनि खोजिने बताएका छन् । उनले भने, ‘जुन सहकारी, सहकारी भनिएको छ ती सहकारीमा क-कसको अवैध पैसा लागेको छ अब त्यसको पनि हिसाब हुन्छ । कसले आफ्नो कालो धन लुकाउनका लागि खाता पनि नभएको मान्छेलाई ठग भनिरहेको छ दुधको दुध, पानीको पानी निस्किन्छ ।’

सहकारीका बचतकर्ताहरूको पैसा ब्याजसहित फिर्ता गराउन आफू लाग्ने पनि उपप्रधान तथा गृहमन्त्री लामिछानेले बताए । उनले भने, ‘सहकारीमा बचतकर्ताहरूको पैसा ब्याजसहित फिर्ता नगरेसम्म राजनीतिबाट विश्राम लिन्न । जो जहाँ लुकेको होस्, देशमा होस्, विदेशमा होस्, आकाशमा होस्, पातालमा होस् समाएर ल्याउँछौं ।’

सरकारमा बसेर प्रतिशोध कसैसँग नसाँध्ने पनि लामिछानेले बताए । उनले भने, ‘राज्यमा प्रतिशोध साँध्न गएका होइनौं । कसैमाथि प्रतिशोध साँध्दैनौं । कस-कसले हामीमाथि प्रतिशोध साँधे चिन्छौं, तर हामी त्यसो गर्दैनौं । विधि र कानुनले जे भन्छ त्योभन्दा दायाँबायाँ जाँदैनौं ।’

जोखिम मोलेर रास्वपा सरकारमा गएको रास्वपा सभापतिसमेत रहेका लामिछानेको भनाइ थियो । उनले काम गर्न नसकेको र काम गर्न नदिएको दिन सरकार छोडेर हिँड्ने बताए । उनले भने, ‘हामी देशको ठूलो राजनीतिक दल कांग्रेस जस्तो गलहत्याएर जान चाहँदैनौं । काम गर्न नसकेको र नपाएको दिन छोडेर जान्छौं । राजीनामा झोलामा बोकेर हिँडेका छौं ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com