ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संयुक्त राष्ट्रसंघमा अमेरिकी नेतृत्वको युद्धविराम प्रस्तावमाथि रुस र चीनको भिटो


एबीसी न्यूज
चैत्र ९, २०८० शुक्रबार  ८ : ४१ बजे

काठमाडौं ९ चैत(एजेन्सीको सहयोगमा):  रुस र चीनले शुक्रबार संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा अमेरिकी प्रस्तावमाथि भिटो प्रयोग गर्दै तत्काल गाजामा ‘दिगो युद्धविराम’ को आह्वान गरेका छन् । युद्ध सुरु भएदेखि नै वाशिंगटनको कडा भाषा समावेश गर्ने उपायलाई अस्वीकार आज रुस र चीनले फेरि भिटो प्रयोग गरेका छन् ।
युएस–समर्थित प्रस्तावले युद्धमा इजरायलको आचरणसँग बाइडेन प्रशासनको बढ्दो निराशालाई देखाएको छ। इजरायललाई दक्षिणी गाजा सहर रफाहमा आक्रमण नगर्न दबाब दिने उद्देश्य थियो, जहाँ सयौं हजार नागरिकहरू शरणार्थीका रुपमा रहेका छन् । तर सरक्षा परिषदमा वाशिंगटनको आफ्नै भिटो शक्तिको प्रयोग र स्थायी युद्धविरामको लागि आह्वान गर्न अस्वीकार गर्ने कदमले गर्दा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको विभाजनले गर्दा शुक्रबारको प्रस्तावलाई खेर गएको छ ।

बाइडेन प्रशासनले शुक्रबार गाजामाथिको युद्ध रोक्ने प्रयासलाई गति दिइरहेको थियो । यतिबेला विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले तेल अवीवमा इजरायली नेताहरूसँग भेट गरिरहेका छन् । यसै बीच सीआइएका निर्देशक कतारको यात्रामा छन् । दोहामा मध्यस्थकर्ताहरूले युद्धविराम सम्झौतामा सहमत गराएर इजरायल र हमासबीचको द्धन्द्ध कम गर्न खोजिरहेको बताइएको छ ।
विदेशमन्त्री ब्लिन्केनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र इजरायलको युद्ध मन्त्रिपरिषद्का सदस्यहरूसँग, उनीहरुबीच गहिरो तनाब बढिरहेका बेला आपसी मतभेदलाई कम गर्नेगरी छलफल गरिरहेका छन् ।

रुस र चीनले प्रस्तावको अस्पष्ट भाषाका कारण उनीहरूले भिटो प्रयोग गर्नु परेको बताएका छन् । स्पष्ट रूपमा युद्धविरामको लागि ूआह्वानू वा ूमागू गर्नुको सट्टा, विगतका प्रस्तावहरू जस्तै, यूएस–ड्राफ्ट गरिएको प्रसस्तावले सुरक्षा परिषदले ूतत्काल र दिगो युद्धविरामको अनिवार्यता निर्धारण गर्दछ।ूभन्नुले इजरायललाई मानवीय नरसंहारबाट मुक्ति दिलाउन खोजेको बताएका छन् । संयुक्त राष्ट्रका लागि रसियाका राजदूतले प्रस्ताव अमेरिकाको पक्षमा लेखिएको ूखाली बयानबाजी अभ्यासू मात्र भएको भन्दै निन्दा गरे।
चीनका संयुक्त राष्ट्रका लागि चिनिया राजदूतले संयुक्त राज्य अमेरिकालाई ूमहत्वपूर्ण मुद्दाहरूमा अस्पष्ट र बेवास्ता गर्दै शब्दहरूको खेल खेलेकोू आरोप लगाएका छन् ।

यादहरु अमिट हुन्छन् । गाजामा भीडभाडको बीचबाट अस्पतालको ढोकाबाट रगतले लतपतिएका प्रियजनहरूलाई बोकेर चिच्याइरहेका परिवारहरूहरुका यादहरु कहिल्यै नमेटिने खालका भएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

सम्बन्धित

काठमाडौँमा एमालेको पुनरागमन सम्भव छ ? इश्वर पोखरेलको आत्मस्वीकृति, बचाउ र आगामी चुनावी दाबी (भिडियोसहित)

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

लुम्बिनीका २६ क्षेत्रमा महिला उम्मेदवार १० प्रतिशतभन्दा कम, रास्वपाको शून्य

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

जेनजी आन्दोलनमा फरार अभियुक्तको तीन महिने राजधानी आतंक, मुख्य योजनाकार गोली लागेर पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com